२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

रेशम चौधरीको सपथ ग्रहण आज

771 Shares

पुष १९ -राष्ट्रिय जनता पार्टी (राजपा) का बिवादित नेता रेशम चौधरीले आज शपथ ग्रहण गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले बिहीबार बिहान ११ बजे सभामुखको सिंहदरबारस्थित कार्यकक्षमा सपथग्रहण गर्न लागेको सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव डिल्ली मल्लले बताए । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा उनलाई मुख्य दोषी मानिन्दै आएको थियो ।

उनीसहित २७ जनामाथि सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या गरेको आरोप लागेको थियो । टिकापुर घटनामा उनी निर्दाेष रहेको भन्दै राजपाले उनीबिरुद्ध मुद्धा फिर्ता लिन आग्रह गरेको थियो । चौधरीलाई सपथ ग्रहण नगराईए राजपाले सरकारलाई दिने समर्थन फिर्ता गर्ने चेतावनी दिएपछि चौधरी प्रकरणमा सरकार लचिलो बनेको हो । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका छैनन्। टिकापुर घटनामा २४ जना अहिले पनि धनगढी कारागारमा छन्।

प्रतिक्रिया