२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

वाइडबडी खरिदमा अर्बौ भ्रष्टाचारको कुरा मिडियामा आएको भन्दै प्रधानमन्त्री ओली आश्चर्यचकित

1075 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद पक्ररणमा भ्रष्टाचार भएको पाइए दोषी कसैलाई नछोड्ने प्रतिवद्धता जनाएका छन्।

नेपाल टेलिभिनजबाट प्रसारण हुँने कार्यक्रम जनता सँग प्रधानमन्त्रीमा बोल्दै उनले  नेपाल वायुसेवा निगमले भित्र्याएको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको देखिए उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी कसैलाई नछोड्ने प्रतिवद्धता जनाए ।

बाइडबडि खरिद गर्दा भएको अनियमितता बारे छानविनका लागि गठित संघिय संसदको लेखा समितिअन्तर्गतको उपसमितिले ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर र केहि उच्च पदस्थ व्यक्तिलाई कारबाहि सिफारिस गरेको तर्फ भने प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे।

समितिलाई प्रतिवेदन बुझाउँन गठन भएको उपसमितिले तयार पारेको प्रतिवेदन पहिले सञ्चारमाध्यममा कसरी आयो? समितिलाई प्रतिवेदन बुझाउँने हो कि मिडियालाई ? कि अन्तै भन्दै प्रधानमन्त्री ओलीले उपसमितिको प्रतिवेदन प्रति आशंका व्यक्त गरे। यो कुराले आफु आश्चर्यचकित भएको उनको भनाई छ

उपसमितिका संयोजक राजेन्द्र केसीले बुधबार छानविन प्रतिवेदन समिति सभापति भरत शाहलाई हस्तान्तरण गर्दै ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको बताएका थिए । संयोजक केसीले एयर बस कम्पनीले वास्तविक केकति रकम प्राप्त गरेको भन्ने तथ्य जानकारी नभएको र त्यो तथ्य थप नोक्सानी रकम बढ्ने दाबी गरेका थिए ।

उपसमितिले वाइडवडिमा भएको अनियमितता बारे ३८ पृष्ठ लामो प्रतिवदेन तयार पार्दै संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित बहालवाला सचिवहरुलाई समेत कारवाहीका लागि सिफारिस गरेको छ।

वाइडबडी विमान खरिदमा विशेष भूमिका निर्वाह गरेका निगमका महाप्रवन्धक सुगतरन्त कंसाकारलाई तत्काल निलम्बन गर्न भनिएको छ भने दुई पुर्वमन्त्रीलाई समेत कारबाहिका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया