२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यस्तो रह्यो नेपालमा ‘सिम्बा’ को कलेक्सन

1453 Shares
Spread the love

बलिउडमा यतिबेला रणवीर सिंह र सारा अलि खान स्टारर फिल्म सिम्बाले बक्सअफिसमा तहल्का मच्चाईरहेको छ । रोहित सेट्टीले निर्देशन गरेको यस फिल्मलाई दर्शकहरुले निकै साथ दिईरहेका छन् । पहिलो दिन सारुख जिरो र रजनीकान्त स्टारर २.० को रेर्कड तोडेको यस फिल्मलाई बलिउडमा समिक्षकहरुले समेत उच्च प्रशंसा गरेका छन् । रोहितको फिल्म भनेपछि दर्शकहरुले फिल्मबाट जुन अपेक्षा गर्छन् त्यो पुरा भएको दर्शकहरुले प्रतिक्रिया दिईरहेका छन् । यता नेपालमा समेत सिम्बाले राम्रो कलेक्सन गर्न सफल भएको छ ।

भारतीय टे« एनालिस्ट तरण आर्दशको अनुसार नेपालमा सिम्बाले १.०४ करोड( नेपाली रुपैयाँ १.६७ करोड) कलेक्सन गर्न सफल भएको छ । यसलाई उनले अदुभुत कलेक्सन भनी उल्लेख गरेका छन् । नेपालमा यस फिल्मलाई गोपिकृष्ण मुभिजले बितरण गरेको हो । यसका बितरक उज्जवल पौडेलका अनुसार नेपालमा सिम्बाको कलेक्सन निकै राम्रो रहेको बताएका छन् । फिल्मले अहिलेसम्म बक्सअफिसमा १२४.५४ करोड कलेक्सन गरेको छ ।

 

 

प्रतिक्रिया