२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

शिल्पाजी दर्शकलाई कति मुर्ख बनाउँनु हुन्छ ?

1339 Shares

नेपाली सिनेमा क्षेत्रमा बाघ निर्माता भनेर चिनिएका छबिराज ओझा र नायिका शिल्पा पोखरेलको नाम एक अर्कासंग जोडिएर आएको लामो समय भईसक्यो । रेखा थापास्रंग डिभोर्स भएलगत्तै उनले शिल्पालाई आफनो व्यानरको नायिका बनाए त्यतीमात्र होईन उनले त आफनै जीवनको नायिका नै बनाए । यी दुईले लामो समयदेखि आफनो सम्बन्धको बारेमा बोल्दै आएका छन् । जब जब फिल्मको रिलिजको संघारमा हुन्छ तब यी दुईको प्रेम र बिवाहको बारेमा सधै चर्चा हुने गर्छ जबकी फिल्म रिलिजपछि त्यो चर्चा सेलाउँछ अझ भनौ हराउँछ ।

फिल्म रिलिज सकिएपछि उनीहरु यसबारेमा बोल्न पनि खोज्दैनन् ।पछिल्लो पटक मंगलमको प्रमोसनमा आफुहरु चाडै नै बिवाह गर्ने तयारीमा रहेको समेत बताउँदै आएका उनीहरुको सम्बन्ध अहिले भने छुटेको सिनेबृतमा व्यापक चर्चा छ । यतिबेला उनीहरुको ब्रेकअप भएको खबरले सिनेबजार तातेको छ । हालै उनले आफुहरुबीच सम्बन्ध नराम्रो भएको भन्ने खबर झुठो भएको बताएकीछिन् । यस बिषयमा खासै बोल्न नखोजेकी उनले छबि र आफुबीच निर्माता नायिकाको सम्बन्ध रहेको समेत दाबी गर्छिन् ।

कतिसम्म भने उनीहरुको ब्रेकअपमात्र होईन डिभोर्स नै हुन लागेकोसमेत चर्चा छ । उता शिल्पा भने आफुहरुबीच बिवाह कहिले भएको थियो तर डिभोर्स हुने भन्दै प्रश्न गर्छिन् । स्मरण रहोस नायिका रेखा थापाले यसअघि नै छबि र शिल्पाबीच २ बर्ष अगाडी नै बिवाह भईसकेकोले आफनो नाम छबिसंग नजोड्न खुलासा गरेकी थिईन् । बिवाहको बिषयलाई लिएर छबि र शिल्पाको लुकामारी बुझिनसक्नु छ ।

प्रतिक्रिया