२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डा.केसीको अनसन स्थगित

900 Shares
Spread the love

पुष १८ -सरकारसंग ३ बुँदे माग राख्दै अनसन बस्न इलाम पुगेका डा गोबिन्द केसीले ७ दिनका लागि अनसन स्थागित गरेका छन् । उनले इलाममा नै पत्रकार सम्मेलन गर्दे आफुले संघीय संसद्को संसदीय समितिको आग्रह स्वीकार्दै केही दिन पर्खने बताए । उनले भने २ दिन पर्खन आग्रह गरिएको भएपनि ७ दिन आफुले बाटो हेर्न बताए । उनले भने ‘म इलाममा अनशन बस्नै आएको हुँ,’ उनले भने, ‘तर, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कम्तीमा २ दिन अनशन नबस्न आग्रह गरेपछि ७ दिन पर्खिने निर्णयमा पुगेको हुँ।’

बुधबार संसदीय समितिमा चिकित्सा शिक्षा विधेयकमा छलफल भएको र छलफल केही दिन लम्बिने भन्दै सभापति घर्तीले पर्खिन आग्रह गरेको बताए । उनले साउन १० को सहमतिअनुसारै ऐन ल्याउन पहल भइरहेको बताईएपछि नै उनले अनसन स्थगित गरेको बताए । साउन १० गते सरकारसंग भएको सम्झौता कार्यान्व्यन गर्दे चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन् ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीको माग रहेको छ । उनले दोषी देखिएको खण्डमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि माग गरेका छन् । डा . केसीको दोस्रो मागमा कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई सार्वजनिक गरी कारवाही गर्न माग गरेका छन् ।

साथै उनले प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई अपांग बनाउँनेमाथि पनि कारवाही गर्न माग गरेका छन् भने केसीको तेस्रो मागमा सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता दिई दोषीमाथि कारवाही गर्न सरकारसमक्ष माग राखेका छन् ।

प्रतिक्रिया