आशिस तामाङ
काठमाडौं – सिन्धुपाल्चोककी निसा तामाङले इराकबाट आफुलाई उद्दार गर्न अपिल गरेकी छिन् । हामीलाई प्राप्त भिडियो अनुसार उनले आफुलाई दलालहरुले तुर्किस्तान भनेर इराकमा १३ हजार डलरमा बेचेको जनाएकी छन् । सिन्धुपाल्चोकका निकेंद्र तामाङ र सोलुखुम्बुका छिरिङ शेर्पाले १० महिना अगाडी उनलाई भारत हुँदै इराक पुर्याएको भिडियोमा बताएकी छिन् । हाल एक घरमा बन्दक बनाएर सुरक्षा घेरा भित्र राखिएकोले बाहिर निस्कन सक्ने अवस्था नभएको उनले जनाएकी छिन् । सेक्युरिटी गार्ड सहित घरको २ वटा गेटमा चापी लगाएर बन्दक बनाइएको छ उनले भनिन् ” दैनिक ५ र ६ घण्टा पनि आराम गर्ने समय छैन, कहिले त २४ सै घण्टा काम गर्नुपर्छ।” विरामी भएर काम गर्न नसक्ने अवस्था हुँदा समेत दैनिक काममा खटिनुपरेको उनले बताए l