२०८०, १४ फाल्गुन सोमबार
×

ट्रेन्डिङ

तामाङ रिक्रेशनल क्लवले सिड्नीमा गर्‍यो युवा नेता गणेश लामालाई सम्मान

941 Shares

आशिस तामाङ,

सिड्नी – अष्ट्रेलीयामा रहेको तामाङ रि क्रेशनल क्लवले युवा नेता तथा समाजसेवी गणेश लामालाई सम्मान गरेको छ ।

क्लबले अष्ट्रेलीयाको सिड्नी स्थित क्यान्टवरी हलमा गरेको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य युवा नेता गणेश लामा लाई सम्मान गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा युवा नेता गणेश लामा रहेका थिए भने कार्यक्रमको अतिथिमा NINFA का अध्यक्ष अरुण कुमार तामाङ ,तामाङ समाज न्यु साउथ वेस्टका अध्यक्ष सनध्वज तामाङ,जनसम्पर्क समिति अष्ट्रेलीयाका अध्यक्ष छिरिङ शेर्पा,अन्तराष्ट्रिय नेपाल समाजका अध्यक्ष सुमन चौलागाई,तामाङ समाज भिक्टोरीयाका पुर्व अध्यक्ष विनोद लामा,थारु समाज अष्ट्रेलीयाका अध्यक्ष दिप नारायण चौधरी,एभरेष्ट भिउ ट्राभल एण्ड टुरका संचालक शिव श्रेष्ठ ,समाजसेवी द्वय निमा तामाङ र राकेश लामा लगाएत अष्ट्रेलीयामा रहेका विभिन्न पेशामा आबद्ध नेपालीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेता गणेश लामाले विदेशमा रहेर पनी नेपाल र नेपालीको पहिचान ,जातिय संस्कृतीलाई उजागर गदैं अगाडी बढेको भन्दै क्लबलाई विशेष धन्यवाद प्रकट गरे । उनले राज्यले उठाउनु पर्ने कामहरु एउटा क्लबले उठाउनु पर्ने बाध्यता आएको भन्दै राज्यले तामाङ समुदायका जातिय पहिचान भेषभुषा र संस्कृतीलाई चिन्न सक्नु पर्ने बताए । नेता लामाले तामाङ समुदायका संस्कृती नेपालको संस्कृती भएको भन्दै यस्ता संस्कृती र जातलाई राज्य पक्षबाटै संरक्षण एव्म संवर्धन गुपर्ने उल्लेख गरे । नेता लामाले विदेशमा सिकेका कुराहरुलाई देशमा फर्केर देशको लागी पनि सेवा गर्ने अभियानमा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा क्लबका अध्यक्ष ललित तामाङले क्लवको स्थापना ९ बर्ष पहिला भएको जानकारी गराउदैं स्थापनाकाल देखी नै नेपाल र नेपालीको पहिचान, तामाङ जातीको संस्कार र संस्कृतिलाई बचाउने अभियानमा समेत सक्रीय रहेको बताए । अध्यक्ष तामाङले क्लबले विभिन्न आरोह अवरोह पार गर्दै चुनौतीलाई सामना गर्दै विदेशी भुमीमा भएता पनि आफ्नो देश र संस्कृतीलाई उजागर गर्न क्लब प्रयन्तशिल रहेको बताए ।

सोहि कार्यक्रमका उपस्थिति अतिथिहरुले क्लबले आउदो दिनहरुमा अझै राम्रा र प्रभावकारी काम लिएर अगाडी बढ्नको लागी शुभकामना दिएका थिए।

क्लवका अध्यक्ष ललित तामाङले प्रमुख अतिथिका रुपमा रहेका युवा नेता तथा समाजसेवी गणेश लामा क्लवको सल्लाहकारका रुपमा रहने जानकारी दिए ।

कार्यक्रम क्लबका बरिष्ठ सल्लाहकार गणेश तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने आदिवासी जनजाती मंच अस्ट्रेलिया ( NINFA) का अध्यक्ष अरुण कुमार तामाङले अतिथिहरुलाई खादा लगाई स्वागत गरेका थिए ।

प्रतिक्रिया