२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

वाइडबडी खरिद प्रकरणः बहालवालासहित दुई पूर्वमन्त्रीलाई कारवाही सिफारीस

927 Shares

वाइडबडी खरिदमा पूर्व दुई सहित बहालवालमन्त्री र तीनजना सचिवलाई कारबाही सिफारिस गर्दै संसदीय छानबिन उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।लेखा अन्तरगतको उपसमितिले वाइड वडी खरिदमा भएको अनियमितिबारे छानबिन गर्दै अहिलेका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवमाथि छानबिन गर्न अख्यितारलाई सिफारिस गर्ने निर्णय गर्दै प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । विमान खरिद प्रक्रिया चलेका बेला पर्यटन मन्त्री भएपनि दिलनाथ गिरीमाथि छानबिन गर्न उपसमितिले निर्देशन नदिने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार विमान खरिद प्रक्रियामा सहभागी भएका तीनजना सचिवमाथि पनि निलम्बन गरी कारबाही गर्न उपसमितिले अख्तियारलाई सिफारिस गर्ने भएको छ । पर्यटन मन्त्रालयका हालका सविच कृष्णप्रसाद देवकोटा, अहिले गृहसचिव रहेका प्रेम राई र शंकर अधिकारीमाथि छानबिन गर्न निर्देशन दिने गरी उपसमितिले प्रतिवेदन तयार पारेको हो । विमान खरिद प्रक्रियामा सहभागी पूर्व तथा बहालवाला मन्त्रीलाई कारबाही सिफारिस गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा हिजो ३ बजे सुरु भएको बैठक राति १० बजेसम्म सिंहदरबारमा चलेको थियो ।

प्रतिक्रिया