२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कन्सर्टमा भिटेनमाथि ढुंगा प्रहार, दर्शकको व्यवहारले रिसाएका भिटेन एक्कासी रोए (भिडियो)

1441 Shares
Spread the love

काठमाडौँ। हिपहप शैलीबाट युट्युबमा परिचित र्‍यापर भिटेन यति बेला युवापुस्ताका माझ लोकप्रिय छन् । उनी लोकप्रिय हुनुमा उनका आधा दर्जन हिट गीतको भूमिका छ । ‘गरिब’, ‘चुरोट’, ‘बैनी’, ‘लफङ्गा’, ‘खलासी’ आदि ।

र्‍याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन। तर उनको गीतमा पनि अश्लील शब्दहरू प्रशस्तै हुन्छन् । जसले उनलाई आलोचनाको पात्र बनाउने गर्दछ। उनको ‘सिमसिमे पानीमा’ रातारात युट्युबको ट्रेडिङमा आयो। तर गीत कपिराइटको कारण युट्युबबाट हटाइयो।

यसैबिच र्‍यापर भिटेनमाथि पोखरामा फेरि ढुङ्गा प्रहार भएको छ। पोखरामा आयोजित पोखरा सडक महोत्सवमा आयोजना गरिएको कन्सर्टमा उनी माथि ढुङ्गा प्रहार भएको हो। र्‍यापर भिटेन पटक पटक ढुङ्गा प्रहारको सिकार बन्ने गरेका छन्। हेर्नुस् यो भिडियो।

https://www.youtube.com/watch?v=MTLiHrqSiiY

प्रतिक्रिया