२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

के अनिल कपुरलाई छ अर्जुन मलाईकाको सम्बन्ध स्विकार्य

1335 Shares

बलिउडका अभिनेता अर्जुन कपुर र मलाईका अरोडाको सम्बन्ध लाई लिएर पछिल्लो समय निकै चर्चा छाएको छ । उनिहरुका बारेमा धेरैजसो डिनर डेट फिल्महल लगाएत बिभिन्न पाटीमा संगै आउने जाने गरेको देखिन्छ । यति मात्रै हैन पछिल्लो समय अर्जुन मलाईकाको घर र मलाईका अर्जुनको घरमा आउने जाने समेत गरेको भारतीय सञ्चार माध्यमहरुमा जनाएको छ ।

जानकारी अनुसार अर्जुनले आफ्नो काका अनिल कपुरलाई मलाईकासंगको सम्बन्धको बारेमा जानकारी गराएका छन् । जसको अनिल कपुरले आफ्नो ६२ वर्षको जन्म दिनको अवसरमा स्विकार समेत गरेको जागरण डटकममा जनाएको छ । नजिकका जानकार अनुसार अर्जुनको काका अनिलसंग निकै राम्रो सम्बन्ध रहेको छ । त्यसैले अर्जुनले मलाईकाको बारेमा अनिल कपुरसंग गम्भीर भएर प्रस्ताव राखेका थिए ।

बताईएको छ की अनिनले पनि अव मलाईकालाई आफ्नो परिवारको सदस्यको रुपमा मानिसकेका छन् । तर अहिले सम्म अर्जुनका बुबा बोनी कपुरले उनिहरुको यस सम्बन्धलाई साथ दिएको छ छैन त्यो भने सुनिश्चित छैन । जानकारका अनुसार अर्जुनले मलाईका संगको सम्बन्धको बारेमा उनको बुबा बोनीसंग कुरा गर्ने जिम्मा दिएका छन् । एजेन्सी

प्रतिक्रिया