२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

तेमाल गापा ७ चापाखोरीमा “जनताको सेवा घर अगानमा” भन्ने नाराका साथ घर दैलो अभियान सुरु

984 Shares
Spread the love

काभ्रे– काभ्रेको तेमाल–७ चापाखोरिको वडा कार्यसमितिको बिशेष पहलमा घर दैलो अभियान सञ्चालन गरेको छ । सोमबार देखि तेमाल गापा वडा नं. ७ को कालधारबाट यो अभियान एक कार्यक्रमका बीच उद्घाटन भएको हो । कार्यक्रमको उद्घाटन तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले गरेकी हुन् ।

जनताको सेवा घर आगनमा भन्ने मुल उद्देश्यको साथ उक्त अभियान शुरु गरिएको हो । यस अभियानमा वडा सचिबबाट नगारिकता सिफारिस, भेटनरी सिफारिस प्रमुख बाट पशु सम्बन्धी हरेक उपचार, जन्म दर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, घर जग्गाको कर सङ्कलन, स्वास्थ प्रमुख बाट साधारण उपचार सहित औषधि बितरण ,कृषि प्रमुख बाट माटो जाँच र कृषि समन्धी हरेक जानकारी र पुनर्निर्माण टोलि बाट भुकम्प पछिको हरेक अवस्था माथी बिशेष परामर्श गर्दै ४ दिने अभियान सञ्चालन भएको छ ।

पहिलो दिनमै सेवाग्रहीको बाग्लो सहभागीता

यस अभियानबाट सेवाग्रहीले पर्याप्त सेवा लिएका छन् । घर–घरमा सिंहदरबारको प्रत्याभूति हुनेगरि यो अभियानले सेवाग्रहीहरुको सेवा दिएको छ । यसै क्रममा स्वास्थ्य परिक्षण गर्ने र औषधी वितरण १ सय २५ जनाले सेवा लिएका छन् । ५० जनाले पशुसेवा लिएका छन् । त्यसैगरि ३५ जनाले विभिन्न बाली नाली र मोटो परिक्षण लगायतका सेवा लिएका छन् । मालपोत कर २३ हजार ७ सय संकलन, जेष्ठ नागरिक परिचयपत्र २० जनालाई वितरण, जन्मदर्ता २० जना, विवाह दर्ता ५ जना, मृत्युदर्ता ३ जनाको भएको छ ।

यसरी घरदैलोमै सेवाग्रहीलाई सेवा प्रदान गरेपछि स्थानीय खुशी भएका छन् । ‘हामीले घरदैलोमै सेवा पाएका छौं, खुशी लागेको छ ।’ स्थानीय इलाम सिं तामाङले भने, ‘बल्ल आभास भयो कि सिंहदरबार घर–घरमा आएको रहेछ ।’

अभियानमा वडा अध्यक्ष मोक्तान, सचिव कमल प्रसाद भुर्तेल, वडा सदस्यहरु मिमलाल तामाङ, राजु तामाङ, फूलमाया दमाइ, हेल्पोष्ट इन्चार्ज रोहित चौधरी, अहेब चमेली तामाङ, कृषिबाट पवन ओली, नरेन्द्र देवकोटा, भेटनरीको पुरुसत्तम हुमागाईं, अनिता श्रेष्ठ, रामराज खरेल, रामहरि मैनाली, भुकम्प पुनर्निर्माण इन्जीनियर एज्ञराज जोशी, सव–इन्जीनियर रामकुमार भण्डारी महिला विकास शाखाकी देवकी मैनाली लगायतले सहभागीता जनाइरहेका छन् ।

उक्त अभियान बाट प्रत्यक्ष जनता लाभान्वित हुने वडा कार्यसमितिको ठहर छ । यो अभियान २०७५ पुस १६ देखि २० गते सम्म सञ्चलान हुने स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया