२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बंगलादेश प्रिमियर लिगः सन्दीपको टिममा को–को छन् ‘स्टार’ खेलाडी ?

1016 Shares
Spread the love

अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा शानदार प्रदर्शन गरिरहेका नेपाली लेग स्पीनर सन्दीप लामिछानले आजको खेलमा पनि एक विकेट लिए । उनको बीबीएलमा मंगलबार अन्तिम खेल थियो ।

बीपीएल खेल्न बंगलादेश जानुपर्ने भएकाले बीबीएलमा उनको आजको खेल अन्तिम बन्न पुगेको हो । बिग ब्यास लिगमा ४ खेल खेलेका सन्दीपले ८ विकेट लिन सफल भए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।

अष्ट्रेलियामा चम्किएका सन्दीप बीपीएलमा पनि त्यही लय कायम राख्न बंगलादेश फर्किने भएका छन् । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा उनको खेल आइतबार छ । बीपीएलमा सन्दीप स्यलहेट सिक्सर्समा आवद्ध छन् । उनीसँगै यो टोलीमा अन्य को–को खेलाडी छन् ? हेर्नुस्–

डेबिड वार्नर (कप्तान)
आंद्रे फ्लेचर
निकोलस पुरन
लिटन दास
सन्दीप लामिछाने
इमरान ताहिर
गुलबदिन नाइब
फाबियान एलेन

सोहेल तनवीर
सब्बीर रहमान
तस्कीन अहमद
नाजिर हुसेन
मोहम्मद इरफान
मेहेदी हसन
मोहम्मद नवाज लगायत खेलाडी छन् ।

प्रतिक्रिया