२०८०, १४ फाल्गुन सोमबार
×

ट्रेन्डिङ

इतिहासको पानामा ट्रलिबस : विदेशीले दिए, नेपालका नेताले बन्द गराए

6665 Shares

आत्मनिर्भर नेपाल बनाउन विभिन्न देशले विभिन्न समयमा खोलिदिएका उद्योग, कलकारखाना अधिकांश बन्द छन्, भएकाको अवस्था पनि घिटघिटो छ।

सरकार नेतृत्व गर्नेहरुको अक्षमताले यस्ता उद्योगधन्दा अधिकांश बन्द छन् भने बाँकी पनि धराशयी। अर्काेतिर, आफ्नै मुलुकले दिन सक्ने उपभोग्य सामग्री अर्बौं तिरेर बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको छ। मुलुकलाई आत्मनिर्भर बनाउन स्थापित २३ राष्ट्रिय तहका उद्योग तथा कलकारखाना अहिले ठप्प छन्।

प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ मा एकै दिन मन्त्रिपरिषद बैठकले चीनसहित विभिन्न मुलुकको सहयोगमा निर्माण भएका उद्योग निजीकरण गर्ने निर्णय लियो। छिमेकी सदाशयले खुलेका राष्ट्रिय उद्योगको अधोगति त्यसै दिनबाट सुरु भएको अर्थविद् बताउँछन्।


इतिहासको पानामा धेरै सम्झने कुरा मध्ये एक हो ट्रलिबस । अहिले पनि धेरै नेपालीको पनमा ट्रलिबसको सम्झना ताजै रहेको छ । एक समयको लोकप्रिय साझा बस बन्द भएर फेरी सञ्चालनमा आएको छ । जुन अहिले सहकारीको माध्यमबाट सञ्चालन भइरहेको छ ।

कुनै समयमा काठमाडौको त्रिपुरेश्वरदेखि भक्तपुरको सुर्यविनायकसम्म ट्रलिबस चल्थ्यो । विद्युत शक्तिबाट चल्ने यो बस चिनिया सहयोगमा संचालनमा आएको थियो । तर यो अब साच्चिकै एउटा इतिहास बनेको छ ।

ट्रलिबसको निर्माण कार्यको सुरुवात २०३० साल पौष १३ गतेबाट भएको हो । २०३२ साल पौष १३ गतेबाट यो संञ्चालनमा आएको हो । ट्रलिबसको निर्माण खर्च लगभग ४ करोड पुगेको थियो ।

यसको निर्माण कालमा नेपाली कामदारको संख्या ७०० र चिनिया विशेषज्ञहरु १०० थिए ।

ट्रलिबसको रुटको लम्बाई १३ किलोमिटर थियो । ट्रलिबसको विद्युत सब स्टेशन बानेश्वर र ठिमीमा गरी दुई स्थानमा रहेको थियो । त्यसै गरेर टर्मिनल स्टेशन दुई त्रिपुरेश्वर र सूर्यविनायकमा रहेको थियो । ट्रलिबसको लागि ११ केभी (एसी) को विद्युत शक्तिको आवश्यकता पर्छ । ट्रलिबस डिसी ६ सय भोल्टबाट चल्छ ।

ट्रलिबसको कूल स्टप १५ रहेको थियो । नेपालमा ३२ वटा ट्रलिबसको संख्या थियो । ती मध्ये २२ वटा पुरानो र १० वटा नया रहेका थिए । पुरानो बसको क्षमता ६३ जना यात्रु बोक्ने रहेको थियो । जसमा बस्ने सिट २६ जना र उभिने ३५ जना रहेको छ ।

त्यसै गरेर नया बसको क्षमता ९० जना यात्रु बोक्ने रहेको थियो । जसमा बस्ने सिट ३२ जना र उभिन ५८ रहेको थियो । प्रतिदिन ट्रलिबसमा यात्रा गर्ने यात्रुहरुको संख्या १० हजार देखि ११ हजार सम्म रहेको थियो ।

पुरानो ट्रलिबसको लम्बाई ९ मिटर, चौडाइ २ दशमलव ५ मिटर, उचाई ३ दशमलव ५ मिटर र बजन ७ टन रहेको छ । त्यसै गरेर नया ट्रलिबसको लम्बाई ११ दशमलव २८ मिटर, चौडाई २ दशमलव ५ मिटर, उचाई ३ दशमलव ६ मिटर र बजन १० टन रहेको छ । ट्रलिबसको संंचालन बिहान ५.३० देखि साझ ९.३० बजे सम्म हुन्थ्यो । प्रत्येक ६ मिनेटमा बस पाइने सुविधा पनि थियो ।

ट्रलिबसले वातावरणलाई दुषित हुनबाट बचाउछ । यसमा स्वदेशमै उत्पादित विद्युत शक्तिको प्रयोग हुन्थ्यो । यसले गर्दा विदेशी इन्धनमा भर पर्नु पर्दैनथ्यो ।

नाफामा रहँदारहँदै घाटा देखाएर सुनियोजित तरिकाले बन्द गरिएको हो ट्रलिबस । तर, आवश्यकभन्दा बढी कर्मचारी भर्ती गरिएको थियो, जसले ट्रलिबसलाई नाफामा जान भने बाधा पुर्याएको थियो ।

प्रतिक्रिया