२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

१५ सय घुससहित खरिदार पक्राउ

1043 Shares
Spread the love

सिमरा : बाराको सिमरास्थित इलाका प्रशासन कार्यालयमा कार्यरत कम्प्युटर सहायक (खरिदार) राज्यनारायण साह १५ सय रुपैयाँ घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग काम गरिदिनका लागि लिएको १५ सय नगदसहित साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो।
नागरिकताको लागि आवश्यक कागजात बाहिरी जिल्लाबाट मगाउनु पर्ने भन्दै साहले सेवाग्राहीसँग रकम मागेका थिए।

सेवाग्राहीले नागरिकता बनाएर दिएको रकम लिएलगत्तै अख्तियारको टोलीले साह पक्राउ परेका हुन्।

पक्राउ परेका साहलाई अख्तियारको टोलीले हेटौंडा लगेको छ। साहले कागजात पठाइदिने व्यक्तिलाई रिचार्ज गरिदिनका लागि आफूले रकम लिएको बयान अख्तियारसमक्ष दिएका छन्।

अन्नपुर्ण पोस्टबाट साभार

प्रतिक्रिया