1404
Shares
पुष १७ -प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा २ दिन बिदा दिने घोषणा गरेको छ । मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिकाको अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश ५ मा थारु र मगर जातिका बासिन्दाहरुको बाहुल्यता रहेको कारण माघे संक्रान्तिको अवसरमा २ दिन बिदा घोषणा गरिएको हो ।
साथै माघे संक्रान्तिको अवसरमा पुष ३० गतृ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ ।