1194
Shares
वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको वासिङ्टन डिसी क्षेत्रमा बसोबास गर्दै आएका चर्चित भारत्तोलक रूप कार्कीले स्वर्ण पदक हात पारेका छन्। उनका छोराले पनि भारोत्तोलन प्रतियोगितामा कास्य पदक जितेका छन्। बाबु रूप कार्कीले एक स्वर्ण पदक र एक कास्य पदक जितेका हुन् भने छोरा रुपेश कार्कीले कास्य पदक जितेका हुन्।
गत डिसेम्बर १५ का दिन भर्जिनियामा सम्पन्न प्रतियोगितामा बुवा छोरा दुवैले स्वर्ण र छोराले कास्य पदक जित्न सफल भएका हुन्। पावर लिफ्टिंग युएसएपीएल नामक प्रतियोगितामा रूप कार्कीलेले आफ्नो वजन समूहमा प्रथम स्थान तथा खुला वर्ग प्रतियोगितामा कास्य पदक जितेका हुन्।