२०८१, १ असार शुक्रबार
×

ट्रेन्डिङ

अमिताभ नै कादरको ठुलो शत्रु यसरी दुखी भए कादरको निधनमा अमिताभ बच्चन

1564 Shares

बलिउडका चर्चित कलाकार कादर खानको निधनले यतिबेला बलिउडमा शोक नै छाएको छ । उनको निधनपछि सबै बलिउडहस्तीहरुले उनलाई सम्झदै ऋद्धासुमन प्रकट गरिरहेका छन् । जसमध्ये अमिताभ बच्चन पनि रहेका छन् । उनले कादरको निधनले आफु बिक्षिप्त रहेको भन्दै कादरले लेखेका फिल्महरु नै आफनो अधिकांश फिल्म हिट रहेको उल्लेख गरेका छन् । उता कादरको खानको निधनमा अमिताभको ट्वीटको पनि चर्चा भईरहेको छ । बलिउडमा निकै चलेका दाम र नाम दुबै कमाउँन सफल कलाकार कादरको करियर समाप्त पार्न अमिताभकै हात रहेको भारतीय मिडियाले दाबी गरेको छ ।

कादरको निधनमा अमिताभको पीडा छल्किएपनि उनको करियर बिगार्नुमा अमिताभको ठुलो भुमिका रहेको बताईन्छ । भारतीय मिडियाका अनुसार करिब ६ बर्ष अगाडी जब कादर आफना पुराना पत्रकार साथीहरुसंग कुराकानी गरिरहेका थिए तब अचानक अमिताभको नाम आयो । अमिताभको नाम आउँने बित्तिकै उनी निकै बेर शान्त रहे केही बोलेनन् । मजाले गफ गरिरहेका कादर अमिताभको नाम पछि चुपचाप रहे । त्यसपछि उनले सुस्केरा काढ्दै भने यदि मैले अमिताभलाई सरजी भनेर बोलाउँन सुरु गरेको भए मेरो करियर यहाँ समाप्त हुने थिएन ।

उनले त्यसपछि सबै कुरा खोल्दै भने “एउटा फिल्मको संवाद लेख्ने कुरा चलिरहेको थियो । तब निर्माताले भने की तिमीले सरजी संग भेट गर । तब मैले भने को सरजी ? तब निर्माताले भने तपाई सरजीलाई चिन्नु हुन्न ? अरे अमिताभ बच्चन । तब कादरले भने यी कहिलेदेखि सरजी भए ? मैले उनलाई अमित भनेर बोलाउँथे तर सरजी भन्न सकिन” । भनिन्छ अमिताभलाई सरजी नभनेको कारण नै उनलाई खुदा गवाह फिल्मबाट निकालिएको थियो । त्यतीमात्र होई गंगा जमुना सरस्वती फिल्म आधी लेखिसकेपछि पनि उनले फिल्म छोड्नु परेको थियो जुन फिल्म अमिताभकै कन्ट्रोलमा बनेको थियो ।

जुन फिल्ममा उनी कलाकार पनि थिए । यी सबै फिल्महरु कादरले यस कारण छोड्नु प¥यो किनकी उनले अमिताभलाई सरजी भन्न सकेनन् । हाँस्य कलाकारसंगै नेगेटिभ भुमिकामा समेत काम गरेका कादर राम्रो लेखक र संवाद लेख्थे । उनले लेखेका फिल्महरु नटवरलाल , खुन पसिना , दो और दो पाँच , सत्ते पे सत्ता ,इंकलाब , गिरफ्तार , हम , अग्निपथ फिल्मको संवाद कादरले लेखेका थिए जुन फिल्म अमिताभको करियरको सर्वाधिक हिट फिल्ममा पर्छन् ।

 

प्रतिक्रिया