२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

आमाको नाममा कलंक :नवजात शिशुको घाँटीमा पासो लगाई हत्या (तस्विर सहित)

1951 Shares

पुष १७ -भनिन्छ भगवान सबै ठाँउ हुँदैनन् त्यसैले आमा बनाएका हुन् । ममताकी खानी भनिएकी आमा शब्द आफैमा पवित्र शब्द हो तर कहिलेकाही त्यही आमा शब्द भने सबैका लागि भगवान हुँदैनन् भन्ने घटनाहरु बेला बेला सार्वजनिक भईरहन्छन् । यस्तै घटना भएको छ झापामा । जहाँ एक नवजात शिशुको गलामा सालनाल र सुपारीको पातको पासो लगाएको अवस्थामा शव फेला परेको छ । झापाको बुद्धशान्ती गाउँपालिका ४ अम्बरबस्तिमा एक बालिकाको यस्तो स्वरुपमा गाँडिएको अवस्थामा फेला परेको हो ।

घाँस काट्न जाँदा बच्चा पुरिएको अवस्थामा भेटिएको थियो । सालनाल पनि सँगै रहेकाले कुनै महिलाले जन्माएलगत्तै मारेर फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार बच्चा कसको र किन हत्या गरेको भन्नेबारेमा अनुसन्धान भईरहेको छ । कुनै महिलाले अवैध सम्बन्धपछि जन्मिएको कारण मारेर फालेको हुने सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया