२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

एकै परिवारका ५ जनाले विष पिए ३ को मृत्यु ,भर्ना भएका आमाछोराले सुनाए छुट्टाछुट्टै कहानी

1117 Shares

बिलासपुर / छत्तीसगढको रतनपुरमा एकै परिवारका ५ जनाले विषय पिएर आत्महत्याको प्रयास गरे । तीमध्ये ३ जनाको मृत्यु भयो २ जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । विषय पिएपछि परिवारकी हजुरआमा ६० वर्षकी गुलाबो बाइ, नातिनीहरु १६ वर्षकी निकिता र १२ वर्षकी निलमको घटनास्थलमै मृत्यु भयो । गुलाबोकी छोरी ३५ वर्षकी लल्ली भनिने प्रस्तुती र १८ वर्षका नाती विकास अस्पतालमा भर्ना गरिएका छन् । दुवैको अवस्था गम्भीर छ ।

अनुसन्धान गरिरहेको प्रहरी यो घटनामा आफैं अल्झिएको छ । घटनाको समयमा प्रस्तुतीका पति तथा गुलाबोका ज्वाइँ सत्तो घरमा थिएनन् । सत्तो घरमा पुग्दा भित्रबाट ढोका बन्द थियो । बोलाउँदा कसैले ढोका नखोलेपछि उनले छिमेकी र प्रहरीलाई खबर गरेका थिए । पुलिस पुगेपछि ढोका खोल्दा भित्र निकै डरलाग्दो दृश्य थियो ।

सिम्स अस्पतालमा भर्ना गरिएकी प्रस्तुतीले भने घटनास्थलमा पुलिस पुग्दै नपुगेको बताएकी छिन् । उनले आफ्नो स्वास्थ्य बिग्रिएपछि आफ्ना पति सत्तो र दाजु दिनेशलाई खबर गरेको बताएकी छिन् । त्यसपछि पति र दाजु घरमा पुगेर सबैलाई अस्पताल लिएर आएको उनले बताएकी छिन् ।

आफूलाई होश आउँदा घरमा रुवाबासी चलिरहेको तर त्यतिबेला पुलिस कतै पनि नदेखिएको उनले बताएकी छिन् । उता पुलिसले भने आफूहरुले घरको ढोका फोरेर उनीहरुलाई अस्पताल ल्याएको बताएको छ । रतनपुर थानाका इन्चार्ज मानसिंह राठियाले आफूहरु सूचना पाउनासाथ घटनास्थल गएको र ढोका फोरेर उनीहरुलाई अस्पताल लिएर गएको बताए ।

प्रतिक्रिया