२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

दिपकले छोडे दीपा

2511 Shares

नेपाली कलाकारिताको क्षेत्रमा मह जोडी जस्तै मानिएको जोडी हो दिपक राज गिरी र दीपा श्री निरौला । हाँस्य प्रहशन हुँदै रामबिलास धनियाँ र तितो सत्यसम्म आईपुग्दा यो जोडीलाई दर्शकहरुले निकै रुचाए । उनीहरुको सहकार्य फिल्म निर्माणसम्म पुगेको छ । छ एकान छ हुँदै छक्का पञ्जा ३ सम्म यो जोडी सफल भए । त्यसपछि दीपाले छक्का पञ्जा निर्देशन गर्दे यो टिमलाई अगाडी बढाए ।

ह्याट्रिक फिल्म दिने र सर्वाधिक कलेक्सन गर्ने फिल्मको निर्देशक रहेकी दीपालाई दिपकले आफनो प्रोजेक्टमा भने लिएका छैनन् । दिपकले गाजलु निर्माता रोहित अधिकारीसंग मिलेर निर्माण गर्न लागेको फिल्ममा उनले दीपालाई निर्देशकको रुपमा लिएका छैनन् ।

सम्भवत साझेदारीको काम भएकोले पनि यो सम्भव नभएको हुन सक्छ । फिल्मको कलाकार र प्राविधिकहरु छनौट भईसकेका छैनन् । अब हेरौ निर्देशकमा नभएपनि दीपा कलाकारकोरुपमा दिपकको प्रोजेक्टमा आवद्ध हुन्छिन् वा हुँदिनन्। फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् ।फिल्म अर्काे बर्ष रिलिज गर्ने दिपकले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

प्रतिक्रिया