२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सन्ध्याको ‘तिम्रो हुन सकेन’ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

1271 Shares
Spread the love

आशिस तामाङ

काठमाडौं – गायिका किशोरी लामा मोक्तान (सन्ध्या सुस्केरा) को ‘तिम्रो हुन सकेन’ नेपाली लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियोलाई आइतबार म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । उक्त गीतमा स्वर गायिका मोक्तान र रामजी खाँडको भरेका छन् भने शब्द स्वयम गायिका मोक्तानकै रहेको छ ।

त्यसैगरी गीतमा संगीत केशर तामाङले गरेको छ भने म्यूजीक भिडियोमा राज थापा, सन्ध्या मोक्तान, विनोद घिमिरे, राम थापा, निर्माल सुनार, सुनिता राना मगर लगायतले अभिनय गरेका छन् ।

भिडियोको छायांकन तथा निर्देशन कमल निर्जन र सम्पादन नविन घर्ति मगरले गरेका छन् । गायिका मोक्तानले तामाङ, लोक दोहोरी, सेलो लगायत एक दर्जन गीतहरुमा स्वर दिइसकेकी छन् ।

https://www.youtube.com/watch?v=IlotyIZNJJM&feature=share&fbclid=IwAR0_sTifzYy7bZbcCuM3Hynu4o-Mmt2HYHHjTaI68Q75T8TLCKbfg0ZILP8

प्रतिक्रिया