1370
Shares
लण्डन । नयाँ वर्ष २०१९ लाई बेलायतमा पनि भव्य रुपमा स्वागत गरिएको छ । नयां वर्षको शुभारम्भमा लण्डन आईमा गरिएको विशाल फायर वर्क्स( आतिशबाजी ) हेर्न करिब १ लाख दर्शक प्रत्यक्ष उपस्थित भएका थिए ।
लण्डनका मेयर सादिक खानले नयां वर्षको स्वागतबाट लण्डन सारा विश्वका लागि खुला छ भन्ने सन्देश प्रवाह गरिएको बताएका छन् ।स्कटल्याण्डको एबर्डिन, वेल्स, नर्दन आयरल्याण्डको बेलफास्टसहितका बेलायतका अरु प्रमुख शहरहरुमा पनि भव्य फायर वर्क्ससहित नयां वर्षको स्वागत गरिएको छ ।
सोहि अवसरमा स्कटल्याण्डमा आयोजित कन्सर्ट हेर्न ६० हजारभन्दा बढि सहभागी बनेका छन् ।