२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

संसारबाट बिदा भए कादर खान

1287 Shares
Spread the love

करिब १६-१७ दिनदेखि अस्पतालमा भर्ना भएका बलिउडका चर्चित कलाकार कादर खानका निधन भएको छ । ८१ बर्षीय कादर खानले क्यानडाको अस्पतालमा अन्तिम सास लिएका हुन् । केही दिन यता उनको निधनको झुठो खबर फैलिएको थियो जसको कारण उनका छोरा शरफराजले आक्रोस व्यक्त गर्दे आफनो बुवा अझै पनि अस्पतालमा रहेको बताएका थिए । नलाई द्यष्एब्ए भेन्टिलेटरमा राखिएको थियो । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको थियो जसकारण उनको दिमागले नै काम गर्न छाडेको थियो ।

पछिल्लो समय लामो समयदेखि क्यानडामा परिवारसहित बस्दै आएका कादरको डाक्टरको एक समूहले हेरचाह गर्दे आईरहेका थिए । तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको थियो । अफगानिस्तानमा जन्मिएका कादरले बलिउडमा हाँस्य कलाकारको रुपमा निकै चर्चामा आएका कलाकार हुन् । ३ सय भन्दा बढि फिल्ममा काम गरिसकेका कादर खान ९० को दशकमा सबैभन्दा बढि डिमाण्डमा रहेका कलाकार हुन् । सन १९७३ मा दाग फिल्मबाट डेब्यु गरेका कादरले बलिउडमा नाम र दाम दुबै कमाउँन सफल भए ।

स्क्रिप्ट राईटरको रुपमा पनि काम गरिसकेका कादरको जोडी बलिउडमा अर्का कमेडी किंग गोबिन्दासंग निकै चर्चामा रह्यो । यो जोडीले खेलेका कुनै फिल्म नै छैन होला जुन हिट नभएको होस । धेरै पटक उनको मृत्युको गलत खबरहरु भाईरल भए तब उनले आफु जिउँदै रहेको बताउँदै आए उनको लागि सबै बलिउडकर्मीहरुले सुस्वास्थ्यको कामना गरेका थिए तर सन २०१९ को सुरुवातीसंगै शुभचिन्तकहरुलाई नराम्रो खबर दिएर अन्नत कादर खान यस संसारबाट नै बिदा भए ।

 

प्रतिक्रिया