पुष १७ -नेपाली कांग्रेस (वि.पी) का नेताहरुले पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । निजी भ्रमणका क्रममा पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई पूर्व राज्यमन्त्री सुशीलमान शेरचन, पुष्प पराजुली, प्रबक्ता देवेन्द्र पौडेल एवमं कास्की सभापती चन्द्र बहादुर रानाभाटले भेट गरेका हुन् ।राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकै दिन कांग्रेस नेताहरुले पूर्वराजासँग भेट गरेका हुन् । जननायक विपी कोइरालाको क्याविनेटमा मन्त्री रहेका योगेन्द्र शेरचनका छोरा एवं गण्डकी क्षेत्रका लोकप्रिय नेता सुशीलमान शेरचनले पूर्वराजा शाहसँग भेट गरेका हुन् ।

निजी भ्रमणका क्रममा उनले धार्मिक शक्तिपीठहरुको दर्शन गर्नुका साथै स्थानीय राजनीतिक दलका नेता–कार्यकर्ताहरुसँग पनि भेटवार्ता गर्दै आएका छन् ।राष्ट्रिय मेलमिलाप सन्दर्भमा पूर्वराजासँग पोखरा होटेलमा ४५ मिनेट कुराकानी भएको हो । उनीहरुबीच राष्ट्रियता एवम् वर्तमान राजनीतिक सन्दर्भमा कुराकानी भएको शेरचनले जानकारी दिए ।