२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गुण्डालाई तह लगाउँदै एलिजा गिरी ,अपराधमा संलग्न एउटा गिरोह पक्राउ

1993 Shares
Spread the love

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख इन्स्पेक्टर एलिजा गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाली सेना र प्रहरीको जागिर छाडेर अपराधमा संलग्न एउटा गिरोह पक्राउ गरेको छ।

इन्सपेक्टर गिरीको कमाण्डमा खटिएको टोलिले  प्रहरी र नेपाली सेनाको जागिर छोडी अपराधमा संलग्न सहित ३ जना पक्राउ गरेको हो। केदारप्रसाद अधिकारी, अर्जुन प्रसाद अधिकारी र अन्जन उप्रेती पक्राउ परेका हुन्। यीमध्ये केदारप्रसाद अधिकारी पहिले प्रहरी थिए।

प्रहरीको जागिर छाडेर उनी सेनामा भर्ती भएका थिए। पछि सेना पनि छाडेर अपराधी बनेका प्रहरी रेकर्डमा छ। केदारप्रसाद अधिकारी धादिङ जिल्ला गल्छी घर भइ हाल काठमाडौं कलंकीमा बस्दै आएका थिए। उनले नेपाल प्रहरीमा २ वर्ष जागिर खाई भागेर पुनः नेपाली सेनामा भर्ती भएर तीन वर्ष जागिर खाएर त्यहाँबाट पनि भागेका थिए।

उनीसँगै पक्राउ परेका धादिङ गल्छी घर भई हाल कलंकी काठमाडौं बस्ने अर्जुन प्रसाद अधिकारी दुईपटक सार्वजनिक अपराधमा सजाय पाइसकेका पटके अभियुक्त हुन्। उनीहरुसँगै काभ्रे जिल्ला भुम्जु गाउपालिका ८ घर भई हाल चावहिल बस्ने अन्जन उप्रेती पनि पक्राउ परेका छन्। उप्रेती गुण्डा नाईके कुमार घैंटेको ग्याङका सदस्य हुन । गिरीको नेतृत्वमा खटिएको टोलीले गुण्डा ग्याङलाई पक्राउ गर्न सफल भएको हो।

प्रतिक्रिया