२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कम्यूनिष्टहरु बोल्नका मात्र सिपालु : पौडेल

2494 Shares
Spread the love

गोरखा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको भन्दै कम्यूनिष्टहरु सिद्धान्तमा अँझै कन्फ्यूज भएको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपालका कम्युनिष्ट नेताहरु रुमलिरहेको बताए । उनले भने, ‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दैहुनुहुन्छ अनि प्रचण्ड चाँही समाजवाद भन्दै हुनुहुँन्छ । उहाँहरु अँझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।’

वरिष्ठ नेता पौडेलले सिद्धान्तमा नै कन्फ्यूज भएको शक्तीले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताए । कम्यूनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण अहिलेको कम्यूनिष्ट सरकार गतिहिन बनेको पौडेलको भनाई थियो ।

नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको बताउदै पौडेलले भने, ‘कम्यूनिष्टहरु थुतुनो चलाउन सिपालु छन् । काम गर्ने ढंग छैन् । त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।’

सरकारले आफ्नो कामको प्राथमिकता छुट्याउन नसकेको आरोप लगाउदै देशभर कांग्रेसका पालामा बनेको कच्ची सडकलाई पिच गर्न समेत नसक्ने सरकारले समृद्धि ल्याउछ भन्ने कल्पना गर्न नसकिने स्पष्ट पारे ।

सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डै काण्डमा फसेको पौडेलले टिप्पणी गरे । उनले बर्तमान सरकारका वाइडवडी काण्ड, सुन काण्ड, चिनि काण्डलगायत कैंयौ काण्डमा सरकार मुछिएको बताए । उनले बुढीगण्डकीमा बिनाप्रतिपर्धा चिनियाँ कम्पनीलाई ठेक्का दिएर भ्रष्टचार संस्थागत गरेकोसमेत जिकिर गरे ।

ठूला सबै आयोजना प्रधानमन्त्री कार्यालयको मताहतमा राखेर प्रधानमन्त्रीले बोली भन्दा व्यवहार फरक गरेर भ्रष्टचारलाई प्रश्रय दिएको बताए । प्रधानमन्त्रीले काण्डै काण्ड मच्याएर पैसाको राजनीतिलाई बढवा दिएको पौडेलको आरोप थियो । उनले पैसाको राजनीति लोकतन्त्र र सुशासनको सवैभन्दा ठुलो शत्रु तर्क गरे ।

पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभिकता अँझै रहेको बताउदै अब राष्ट्रिय हित र राष्ट्रियताका लागि राष्ट्रिय शक्तीका बीचमा अँझै पनि एकता आवश्यक रहेको बताए । उनले  राष्ट्रियताका लागि मेलमिलाप आवश्यक रहेको निष्कर्षमा अँझै रहेको बताए ।

पौडेलले आफु सँधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै भने, ‘पार्टी एक बन्नुपर्छ भनेर मैले विपी सुवर्णका पालादेखि नै भन्दै आएको हो । तर पार्टी एकता मुद्दामा हुन्छ । जीवन्त र लोकतान्त्रीक पार्टीमा छलफल र बहस हुन्छ ।’

पौडेलल महासमिति बैठकमा पार्टी सभापति पार्टीको विधान लोकतान्त्रिक र समावेशी बनाउन तयार भएपछि त्यो मुद्दा सभापतिसंग आफु एक भएको बताए । उनले एकताका लागि न्याय, निष्पक्षता र पारदर्शी मुल्याङकन हुनुपर्ने बताए । उनले आफु छिटो महाधिवेशनको पक्षमा नभई नियमित महाधिवेशनको पक्षमा भएको स्पष्ट पारे ।

उनले अहिलेदेखि सदस्यता वितरण अभियान सुरु गरेर टोल, वडा, गाउ नगर तथा सबै तहगत अधिवेशन गर्ने हो भने अब टाइम्ली महाधिवेशन संभव भएकाले केन्द्रीय समितिको बैठकमा आफुले सोही धारणा राख्ने बताए ।

प्रतिक्रिया