डिसेम्बर ३१, अल्डर्शट । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी) यूकेले ४३औं राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । गत डिसेम्बर ३१ को दिन अल्डर्शटको भेटघाट हलमा आयोजित कार्यक्रममा पूर्व संबिधान सभाका सभासद तथा नेपाली कांग्रेस महासमिति सदस्य नगेन्द्र कुमार कुमाल प्रमुख अतिथि रहे ।
एनपीसीसी यूकेका सभापतिको सभापतित्व र महामन्त्री सूर्य तामाङको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रममा बेलायतस्थिति एनपीसीसी यूकेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रह्यो ।

आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष जंग सु्नुवार बिशेष अतिथिको रुपमा उपस्थित थिए । बक्ताहरु क्रमैसंगः एनपीसीसी यूकेका सल्लाहकार नरकुमारी लिम्बु नेफिन यूकेका अध्यक्ष जंग सुनुवार एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार नेपाली कांग्रेस महासमिति सदस्य खोटाङका रबी प्रकाश राई एनपीसीसी यूकेका सल्लाहकार तथा बिधान समितिका संयोजक शिबजी श्रेष्ठ एनपीसीसी यूकेका सल्लाहकार चिरञ्जीवी ढकाल एपीसीसी यूकेका नेता एबं अनुशासन समितिको संयोजक बिज्ञान प्रसाईं एनपीसीसी यूकेका सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगाना पूर्व सभापति बिनोद राज मोक्तान पूर्ब सभापति लोक गुरुङ महामन्त्री प्रबेश केसी प्रमुख अतिथि नगेन्द्र कुमाल सभा बिसर्जन एबं धन्यवाद सभापति युवराज गुरुङ कार्यक्रममा समितिको गत बैठकमा नियुक्त गरेका सल्लाहकारहरु र केन्द्रिय सभाका सदस्यहलाई सभापतिले खदा लगाएर बधाई दिए ।