२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

राष्ट्रिय दाई भाउजुलाई बल्ल जुर्यो फिल्म

2225 Shares
Spread the love

राष्ट्रिय दाई भाउजुको रुपमा नामाकरण गरिएका जोडीहरुमध्ये पर्ने नाम हो निश्चल बस्नेत र स्वस्तिमा खड्का । यी दुईको प्रेम सम्बन्ध पनि गजबै रह्यो कसैले अत्तोपत्तो पाएनन् इगेज्मेण्ट भएपछि मात्र खुलासा भयो । यी दुबैको व्यक्तिगतसंगै फिल्मी करियर पनि रफ्तामा चलिरहेको छ । लुट २ पछि निश्चल निर्देशनमा फर्किएका छैनन् उनी फिल्ममा अभिनय गर्देमा व्यस्त छन् । उता स्वस्तिमा भने बिवाह पछि झनै फिल्मी करियरमा सुखद अनुभुती लिईरहेकीछिन् । तर यो जोडीलाई पर्दा रिलमा भने हेर्न दर्शकहरुको चाहाना पुरा भएको छैन ।

केही समय अगाडी २ रुपैयाँको कुटुमा कुटु गीतमा देखिएको उनीहरुको कमेष्ट्री पनि दर्शकहरुले रुचाएका थिए तर नायक नायिकाको रुपमा नै यो जोडीलाई कसैले एकसाथ ल्याउँने हिम्मत गरेका थिएनन् । तर अब उक्त हिम्मत गरेका छन् हेमराज बिसीले । होस्टल , गाजलु लगायतका चर्चित फिल्म निर्देशन गरिसकेका हेमराजले निश्चल र स्वस्तिमालाई लिएर एउटा फिल्म बनाउँदैछन् । घामट शेरे नाम राखिएको फिल्ममा निश्चल अनुबन्ध भए पनि स्वस्तिमा भएकी छैनन् ।

बिकास राज आचार्यको हजार जुनीसम्मको सुटिङमा राजधानीभन्दा बाहिर रहेकोले स्वस्तिमाले फिल्म साईन गरेकी छैनन् । यस फिल्मका लागि निश्चलले २० लाख पारिश्रृमिक लिएको सिनेबृतमा चर्चा छ । माघबाट फ्लोरमा जाने तयारीमा रहेको यस फिल्मको प्रतिक्षा निश्चल र स्वस्तिमाको फ्यानहरुलाई प्रतिक्षाको बिषय नै हुनेछ । उता हेमराजले उनीहरुलाई भन्दा अगाडी प्रदिप खड्का र साम्राज्ञीलाई लिएर पनि नयाँ फिल्म बनाउँदैछन् ।

 

प्रतिक्रिया