काठमाडौं । वैदेशिक रोजगारको क्रममा यूएई पुगेका १ सय ३ जना नेपाली कामदारहरुले एक वर्षको अबधिमा ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेहरुमा ९५ जना पुरुष र ८ जना महिला कामदारहरु रहेका छन् ।
मृत्यू हुने कारणमा सबैभन्दा बढी प्राकृतिक कारणले ४४ जना पुरुष र ३ जना महिलाको ज्यान गएको यूएईका लागि नेपाली राजदूतावास अबुधावीले जानकारी दिएको छ ।
३० जना पुरुषले आत्महत्या गरेका छन् भने ३ जना महिलाले आत्महत्या गरेका छन् । दुर्घटनामा परेर २१ जना पुरुष कामदारहरुले ज्यान गुमाएका छन् भने २ जना महिला कामदारहरुले ज्यान गुमाएका छन् ।
यूएईमा ज्यान गुमाउने कामदारहरको शव नेपाल ल्याउने काम भए पनि केहि व भने अझै नेपाल ल्याउन बाँकी नै रहेको दुतावासले जनाएको छ ।
.jpg)
शव नेपाल ल्याउन नसकेका मृतकहरुमा र्हाटअट्याकका कारण मृत्यू भएका सूर्य विक, मृत्युको कारण नखुलेका अमृत बहादुर कार्की, मृत्युको कारण नखुलेकी सृजना बराल र अशोक भट्टराई छन् । मृत्यूको कारण खुल्न नसकेका मृतकहरुको शव पोष्टमार्टम गरी अनुसन्धान प्रकृयामा रहेको दूतावासले जनाएको छ ।