नेपाली सिनेमा क्षेत्रमा कृ फिल्मबाट डेब्यु गर्नु अघि नै भारतीय मिडियाहरुमा निकै चर्चामा रहेकी नेपाली नायिका अदिती बुढाथोकीले दोस्रो फिल्म साईन गरेकीछिन् । कृ रिलिजको लामो समयपछि उनी एभरेस्ट सुर्य बोहोराको नयाँ फिल्म ‘हेलो जिन्दगी’मा अनुबन्धित भएकी हुन् । बोहोराको नै निर्देशनमा फिल्म एभरेस्ट सुर्य बोहोरा फिल्म्सको सहकार्यमा बिरंजना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

निर्माण टिम र अदितीबीच सम्झौतासमेत भईसकेको छ । फिल्ममा को को कलाकारहरु छन् भन्ने बारेमा केही खुलाईएको छैन। यसअघि भैरे फिल्म निर्माण गरेका बोहोरा र अदितीको टिमअप कस्तो होला त्यो भने समयले नै देखाउँला । भारतमा मोडलिङ करियरलाई अगाडी बढाउँदै बलिउड फिल्ममासमेत डेब्यु गर्ने कोसिस गरिरहेकी अदितीले भारतमै बसे पनि आफनो लागि नेपाली फिल्म नै सधै प्राथामिकतामा रहेको बताउँदै आएकी थिईन् ।

केही समय अगाडी उनले तेलेगु फिल्ममा पनि काम गर्न लागेको बताएकी थिईन् तर लाग्छ अब उक्त फिल्म निर्माण हुने छैन किनकी उनी हेलो जिन्दगीमा आवद्ध भईसकेकीछिन् । केही इण्डी पप र पञ्जाबी गीतको भिडियोमा काम गरेकी अदितीले नेपालमा भने आफनो अभिनयभन्दा पनि सुन्दरताको कारण चर्चा बटुलेकी थिईन् ।


यी हुन् अदिती बलिउडमा अभिनय गरेका केही म्युजिक भिडियोहरु :-