भर्खरै मात्र बिवाह गरेका नायक रणवीर सिंहलाई दर्शकहरुले राम्रो उपहार दिएका छन् । शुक्रबारबाट रिलिज भएको उनको फिल्म सिम्बालाई दर्शकहरुले निकै रुचाईरहेका छन् । रोहित शेट्टीले निर्देशन गरेको यस फिल्मलाई दर्शक र समिक्षक दुबैले सकरात्मक प्रतिक्रिया दिएका छन् । कमेडी र एक्सनमा फिल्म बनाउँन माहिर रोहितले यसपटक पनि दर्शकहरुलाई निरास भने बनाएका छैनन् ।

समिक्षकहरुको सकरात्मक प्रतिक्रियाले बलिउड फिल्म हेर्ने दर्शकहरुमा निकै प्रभाव पार्ने गरेको छ फलस्वरुप सिम्बालाई दर्शकले साथ दिए । पहिलो दिन २०.७२ करोड कलेक्सन गरी सारुख र रजनीकान्तको खानको रेर्कड समेत तोडेको फिल्मले ३ दिनमा ७५.११ करोड कलेक्सन गरेको छ । दोस्रो दिन २३.३३ करोड र तेस्रो दिन ३१.०६ करोड कलेक्सन गर्न सकेको हो।

यसले नयाँ बर्षको फाईदा उठाईरहेको छ । फिल्मले १२० करोडसम्म कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ। फिल्ममा सारा अलि खान नायिकाको रुपमा रहेकीछिन् । फिल्मलाई आँख मारे बोलको रिमेक गीतले पनि थप चर्चा र लोकप्रियता दिएको थियो । फिल्म ८० करोड बजेटमा निर्माण भएको हो ।
