२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पर्सामा चरेशसहित ट्रक चालक पक्राउ

638 Shares
Spread the love

पर्सा, १६ पुस
पचास लाखभन्दा बढी मूल्यको प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ परेका २९ वर्षीय एक युवकलाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२ पदमपोखरी निवासी ट्रक चालक सागर वललाई वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बेलवाबाट एकसय साठी किलो चरेशसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

निजले ना४ख २९८५ नंको ट्रकमा चरेश लुकाइ मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको पूर्वसूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको चरेश बरामद भएपछि ट्रकसहित उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको बताउनुभयो । (रासस)

प्रतिक्रिया