२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पोखरामा महिलाले आफैँलाई आगो लगाईन्

1532 Shares
Spread the love

पुष १६ – पोखरामा एक महिलाले अस्पतालअगाडि आफैंलाई आगो लगाएकी छिन् ।पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएर जल्ने प्रयास गरेकी हुन् । आफैंलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए ।

उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको फोटो खिचेका प्रत्यक्षदर्शी सुरज गुरुङका अनुसार उनी भारतीय महिला हुन् । उनले आफैंलाई किन जलाइन् भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया