२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

के तपाईको मुख गनाउछ ? सावधान, यस्ता रोगहरुको कारण गनाउछ मुख

4423 Shares
Spread the love

मुख गनाउने समस्या धेरैमा हुन्छ । मुखको सफा राम्रोसँग नगर्नाले मानिसमा यस्तो समस्या आउँछ । तर कहिलेकाँही हामीले मुख सफा गरिरहँदा पनि हाम्रो मुख गनाउने गर्छ । हाम्रो मुख हामीलाई विभिन्न रोगको संक्रमण हुँदा पनि गनाउने गर्छ । मुख गनाउने समस्यालाई हामी समन्य समस्या ठान्छौं । तर हाम्रो शरीरमा रोगले संक्रमण गरिरहेको हुन्छ । मुख गनाउने समस्या मुखको समस्याले गर्दा पनि हुने गर्छ ।

मुख गनाउनुको केहि कारणहरु यस्ता छन् :

१, क्यान्सर स् लामो समयसम्म चुरोट तथा खैनीको सेवन गर्ने मानिसहरुमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरुको मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

२, फोक्सोको संक्रमण स् कयौ मानिसहरु सास गन्हाउने समस्यालाई सामान्य नै मान्ने गर्दछन् । जबकी फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ ।

३, कलेजोको संक्रमण स् शरीरको महत्वपूर्ण अंगहरुमध्ये कलेजो पनि एक हो । कलेजोले खानालाई पचाउन सहयोग गर्दछ । तर कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ ।

४, मृगौलाको समस्या स् मृगौलाको समस्याका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्दछ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ , जसका कारण मुखबाट गन्ध आउने गर्छ ।

५, गिजाको समस्या स् गिजाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ । जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ ।

६, मधुमेह स् मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसको कारण मुख गन्हाउन थाल्छ ।

प्रतिक्रिया