२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रानी डायना बिजनेस ग्रुपको नयाँ प्रोडक्ट यार्साअमृत नेपाली बजारमा

1696 Shares
Spread the love

आशिस तामाङ, काठमाडौँ – रानी डायना बिजनेस ग्रुपले नयाँ स्वास्थ्यवर्धक प्रोडक्ट यार्साअमृत नेपाली बजारमा लिएर आएको छ । विभिन्न फरक फरक प्रकारको ब्यबसायहरु संचालन गर्दै आएको कम्पनीले आफ्नो हर्ब्स एण्ड एग्रो कम्पनि बाट उक्त नयाँ प्रोडक्ट लन्च गरेको हो ।

रानी डायना बिजनेस ग्रुपले हर्ब्स एण्ड एग्रो, लोजोस्टिक, रियल स्टेट,इन्भेस्मेण्ट,एच आर सोलुसन लगायतका बिजनेस कम्पनिहरु संचालन गर्दै आएको छ । दैनिक रुपमा रोजगारीको सिलसिलामा हजारौ युवा विदेश पालाएन भइरहेको आजको परिवेशमा नेपाली युवाहरुलाई आफ्नै देशमा विभिन्न किसिमको शिप, मुलक तालिम दिई नेपालमै रोजगारीको सृजना गराउदै आईरहेको रानी डाईना बिजनेस ग्रपले एक भब्य कार्यक्रमको आयोजना गरी कार्यक्रम आफ्नो ब्यबसायको बारेमा जानकारी गराएको थियो ।

रानी डाईना बिजनेस ग्रुपले हालै मात्रै बजारमा ल्याएको नयाँ उत्पादन हिमाली जडिबुटि बिशेष गरि यार्शागुम्बा बाट उत्पादित यार्साअमृत नामक उत्पादन रहेको थियो। मानब जिबनको लागि अति उपयोगी स्वास्थ्य, दिर्घजीवन, सेक्सुअल पावर सम्वन्धि र विभिन्न रोगहरु संग लड्न सक्ने प्रतिरोधात्मक स्वास्थ्यको लागि अति उपयोगी र हिमाली अति बहुमुल्य जडिबुटि बाट उत्पादन गरिएको अति स्वास्थ्यकर भएको कुरा ग्रुपका संस्थापक माहारानी लक्ष्मी राणाले बताइन ।

विभिन्न क्षेत्रका विशिष्ट ब्याक्तित्वहरु माझ सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ट अभिनेता सरोज खनाल रहेका थिए भने विशिष्ट अतिथिमा वरिष्ट कलाकार रेडियो नाटक निर्देशक मदनदास श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ, रश्मिला श्रेष्ठ, सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक सैलेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।

त्यसैगरी, बिशेष अतिथिमा थाइल्याण्डकि राजकुमारी इतिङ्ग चुलारत थीइन । आरडी बिजनेस ग्रुपले स्वदेशमानै रोजगारी सिर्जना गर्ने हेतुले बेरोजगार युवाहरुलाई विभिन्न किसिमको प्रशिक्षण प्रदान गर्दै आएको तथा उक्त प्रशिक्षण बाट उत्रीर्ण विधार्थीरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । रानी डाईना बिजनेस ग्रुपका अध्यक्ष सुन्दर रिजालले कम्पनीको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया