810
Shares
पुष १६- मानिसहरुमात्र होईन जनावरहरु पनि यौन र्दुव्यवहारमा पर्दे आएको कुरा सुन्दै र देख्दै आएका छन् । यसैबीच इजिप्टमा बाँदरलाई यौन र्दुव्यवहार गरेको आरोपमा एक महिलालाई ३ बर्षको जेल सजायँ सुनाईएको छ । सार्वजनिक स्थलमा बाँदरको गुप्ताङ्ग समातेको भन्दै अहमद नाम गरेकी ती महिलालाई बाँदरको यौन शोषण गरेको आरोपमा जेल सजायँ सुनाईएको हो ।

९० सेकेन्डको भिडियो क्लिप सार्वजनिक भएपछि उनीमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको थियो । उनले एउटा पसलमा राखिएको बाँदरलाई उनले दुर्व्यवहार गरेको थिईन् । उनले बाँदरको गुप्ताङ्ग समातेर हाँसेको तथा भद्दा टिप्पणी गरेको आरोपमा मुद्दा चलाइएको थियो । सार्वजनिक स्थलमा बाँदरसँग कामुक गतिविधि गरेको अदालतको ठहर छ । उक्त महिलाले आफनो गल्ती स्वीकार गरेपनि आफुबाट उक्त काम नियतबस नभएको समेत बताएकीछिन् ।