२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चितवनमा पनि ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा ( भिडियो सहित )

3967 Shares
Spread the love

पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा पूर्वरानी कोमल राज्यलक्ष्मीले पोखरा २९ स्थित नर्मदेश्वर मन्दिरमा आइतबार पूजाआजा गरेका छन्।पुजा गर्न मन्दिर पुगेका पूर्वराज दम्पतीलाई स्थानीयले स्वागत गर्दै राजा आउ देश बजाउ भन्दै नारा लगाएका थिए।उता तमु ल्होसार पर्वको विशेष अवसरमा चितवन पुगेका पूर्व युवराज पारस शाहलाई स्थानीयले भव्य स्वागत गरेका छन्।

आफना साथीहरूसँग उनी आज बिहान भरतपुर विमानस्थल आर्लिएका थिए।विमानस्थलमा समर्थकहरुले राजसंस्थाको पक्षमा नारावाजी गर्दै हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै स्वागत गरेका थिए। शाहको स्वागतमा विमानस्थलदेखि कार्यक्रमस्थलसम्म मोटरसाइकल ¥याली पनि निकालीएको थियो। आफ्नो ४९ औँ जन्मदिन मनाउँन समेत उनी चितवन पुगेका हुन्। पूर्वयुवराज पारस शाह पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन।

प्रतिक्रिया