एजेन्सी । बलीवुड-कमेडियन तथा वलिउड एक्टर कादर खान क्रिटिकल कंडीशनमा हस्पिटलमा भर्ति भएका छन। सुप्रान्यूक्लीयर पाल्सी डिसऑर्डर को कारण दिमागबाट संचालित हुने सम्पुर्ण गतिविधि प्रभावित भएको जनाईएको छ।
दि ईन्डियन एक्सप्रेसका अनुसार यो जानकारी उन्का पुत्र सरफराज खानले दिएका हुन।खबरका अनुसार उनि कहिले होशमा आंउछन तर धेरै बेर उनि होशमा रहन सक्दैनन।कादर खानको बोली पनि बन्द भईसकेको छ ।रिपोर्टका अनुसार उन्मा निमोनियाको लक्षण पनि देखिएको छ ।
उन्का पुत्र सरफराज खानले आफ्नो पिता हष्पिटलमा भर्ति भएको र मृत्युको खबर झुटो अफबाह फैलाईको हो भनेका छन । दि ईन्डियन एक्सप्रेसका अनुसार उन्का पुत्र सरफराजले मृत्यको झुटो खबर भएको बताएका छन ।

यसरी चल्यो भारतीय अभिनेता कादर खानको मृत्युको हल्ला ?
चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट पारेका छन् ।
भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा कादर खानको मृत्युको खबर पोस्ट गरेको थियो ।
ट्वीटरमा सुप्रसिद्ध अभिनेता तथा संवाद लेखक हाम्राबीच रहेनन् इश्वरले उनको आत्मालाई शान्ती दिउन् भनेर लेखिएको थियो । हाल उक्त ट्वीट डिलिट गरिएको छ ।
त्यही खबरलाई आधार मानेर धेरैले कादरको मृत्यु भएको हल्ला फैलाएका हुन् । हल्लापछि उनलाई श्रदाञ्जलि दिनेको बाढी नै चलेको थियो । छोरा सर्फराजले आफ्ना बाबुको मृत्यु भएको खबर झुटो भएको र उनी अहिले क्यानडाको अस्पतालमा उपचाररत रहको बताएका छन् । नेपालमा पनि सामाजिक सञ्जालतिर कादर खानको मृत्यु भएको भन्दै थुप्रैले उनलाई श्रदाञ्जली दिएका छन् ।
८१ वर्षीय कादर लामो समयदेखि बिरामी थिए । श्वास लिन समस्या भएपछि उनलाई केहीदिनअघि अस्पताल भर्ना गरिएको बताइएको छ ।