२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चकलेटको लोभ देखाई ५ बर्षीया बालिकाको बलात्कार

942 Shares
समाचार प्रतिनिधि स्केच
Spread the love

पुष १६ -देशमा पछिल्लो समय बढिरहेको बलात्कारको घटनामा बालबालिकाहरु सबैभन्दा धेरै पीडित बनिरहेका छन् । यसबीचमा वीरगन्ज पर्सामा एक ५ बर्षीय बालिका बलात्कृत भएकीछिन् । आइतबार अपरान्ह घरमा कोही नभएको र आमा घरभित्रै काममा व्यस्त रहेका बेला आँगनमा खेल्दै गरेकी बालिकालाई२२ वर्षीय एक युवकले बलात्कार गरेका हुन् । उनले बालिकालाई चक्लेट खान दिने प्रलोभन देखाउँदै आफ्नो घर लगेर बलात्कार गरेका हुन्।

बलात्कारपछि बालिकाले आफ्नी आमालाई यौनाङ दुखेको भन्दै घटनाका बारेमा बताएकी थिइन्। बालिकाले आमालाई घटनाबारे जानकारी गराए लगत्तै बालिकाका अभिभावकले पटेलको खोजी गरेका थिए। तर उनी घर छाडेर फरार भइसकेकाले पक्राउ गर्न सकिएको छैन । घटना लगत्तै बालिकाको परिवारले युवकबिरुद्ध उजुरी दिउका छन् । प्रहरीले फरार पटेलको खोजी तिब्ररुपमा गरिरहेको छ ।

प्रतिक्रिया