२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सामाजिक सञ्जालमा ठग्ने विदेशी पुरुष र नेपाली महिला पक्राउ

1204 Shares
Spread the love

सामाजिक सञ्जालमा पार्सल आएको बहाना बनाएर ठग्ने विदेशी पुरुष र नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले काभ्रेकी कुसुम कायस्थ र आइभोरी कोस्टका ओवोतार अलकाग्नीलाई  ठगीकाे अभियोगमा पक्राउ गरेकाे हो। उनीहरु श्रीमान-श्रीमती हुन्।

महाशाखाका अनुसार सर्वसाधारणबाट साढे १४ लाख ठगी गरेका कुसुम र ओवोताराले पेप्सीकोलामा घर भाडामा लिएका थिए।

यी दुवैले महँगो पार्सल आएको भन्दै भाइबर, इमो, ह्वाटस एप र फेसबुकबाट फोन गरेर सोझा सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका थिए।

उनीहरुले यसरी आठ जनालाई ठगी गरेको महाशाखाले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले ठगी गरेको रकम काठमाडौंका महँगा पबमा खर्च गर्ने गरेका थिए।

उनीहरुले आफूलाई पबहरुमा विशेष कारोबारमा संलग्न रहेको बताउने गरेका थिए।

काठमाडौंका चर्चित व्यक्तिहरुसँग सामाजिक सञ्जालमा जोडिएको कुसुमको फेसबुक खाताले देखाउँछ। उनको खातामा दैनिक पबहरुका पार्टीमा महँगा पोसाक लगाएर उपस्थित भएको देखाउँछ।

नेपालखबरबाट

प्रतिक्रिया