२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मुटुभरी आमाको याद बोकेर जापान जाँदै रवि – भिडियो

2359 Shares
Spread the love

काठमाडौं : नेपाल आइडलको वर्ल्ड टुर आजबाट सुरु हुदै छ ।  वर्ल्ड टुरमा रहेका नेपाल आइडलका प्रतिस्पर्धी सहितको टोलि सोमबार जापान प्रस्थान गर्दै छ ।  वर्ल्ड टुरका लागि सबैजना काठमाडौं पुगिसकेकाछन्  । मातृ शोकमा परेका नेपाल आइडल रवि ओड पनि आफ्नो घर बाट आइतबार बेलुकी काठमाडौं पुगेका छन् । जापान टुरमा नेपाल आइडलका विजेता रवि लगायत फष्ट रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक पनि जानेछन । दश दिने जापान टुरका लागि रवि, बिक्रम र सुमित भोली जापान प्रस्थान गर्ने नेपाल आइडल आयोजक एपिवान टिभीले जनाएको छ ।

वर्ल्ड टुरको विदेश भ्रमणको पुर्बयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि रवि धनगढीबाट आइतबार साँझ विमानमार्फत काठमाडौं फर्किएका थिए  ।  मातृ शोकको पीडामै रहेका नेपाल आइडल रवि “सिङगिङ् रियालिटी सो, नेपाल आइडल” को विदेश भ्रमणको पुर्बयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि धनगढीबाट आइतबार साँझ विमानमार्फत काठमाडौं फर्किएका हुन् ।

सुदूरपश्चिमको कैलाली र कंचनपुरका विभिन्न स्थानमा रविका लागि गरिएको स्वागत तथा बधाई कार्यक्रममा उनि सहभागी हुंदै खुशी साटीरहेका बेला पुस ११ गते बिहान अकस्मात रविकी आमाको करेन्ट लागेर निधन भएको थियो । जसले सबैलाई स्तब्ध बनाएको छ ।
अहिले पनि रविका शुभचिन्तकहरु उनलाई सम्हालीन ढाडस दिदै सहनाभुती दिइरहेका छन । नेपाल आइडल बनेपछि खुसियाली साट्न र केहि सम्मान कार्यक्रममा सहभागी हुन् आफ्नो गृह क्षेत्र पुगेका बेला आमा बिश्ना ओडको करेन्ट लगेर ज्यान गएपछि स परिवार शोकाकुल बनेको थियो ।  नेपाल आइडल जितेपछि रविलाई सुदूरपश्चिम प्रदेश सरकारको सम्मान तथा बधाई दिन धनगढी बोलाएपछि रवि पुस ९ गते धनगढी गएका थिए ।

https://www.youtube.com/watch?v=H5oao_XZx8U

प्रतिक्रिया