1289
Shares
काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै दुई जनाको स्थानमा रहस्यमयरुपमा मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय विजय बर्मा सोमबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै काठमाडौँ शङ्करापुर नगरपालिका– ९ का ४५ वर्षीया शोभा केसीको पनि सोमबारै रहस्यमयरुपमा मृत्यु भएको छ। आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी केसीलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।