२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘बिग बोस १२’ को बिजेता बनिन् दीपिका

1180 Shares
Spread the love

चर्चित भारतीय रियालिटी शो बिग बोस १२ को उपाधी टेलिभिजन अभिनेत्री दीपिका कक्कडले चुमेकीछिन्। हिजो भएको फाईनमा उनले क्रिकेटर श्रीसान्त , रोमिल चौधरी , दीपक ठाकुर र करणवीरलाई पराजित गर्दे उनी फाईनलको उपाधी जितेकी हुन् । अन्तिममा करणवीर शोबाट बाहिरीए । त्यसपछि रोमिल चौधरी पनि बाहिरीए । टप ३ मा दीपिकास्रंगै श्रीसान्त र दीपक परेका थिए तर दिपकले २० लाख लिएर शोबाट बाहिरिने निर्णय गरे । त्यसपछि अन्तिम भिडन्त भने दीपिकाले श्रीसान्तसंग गरेकी थिईन् ।

भोटको आधारमा दीपिकाले बिग बोस १२ को उपाधी जितेको सलमान खानले घोषणा गरे । उनले ३० लाख प्राईज मनी पाएकीछिन् ।  दीपिका र श्रीसान्त बिग बोसको दावेदार बिजेता थिए । उता शो अवधीभर यी दुबै जना निकै मिल्ने साथी बनेका थिए । श्रीसान्त दीपिकालाई बहिनी मान्थे । ३२ बर्षीय दीपिकाको जीतपछि नेपालमा रहेका उनका फ्यानहरु पनि खुसी भएका छन् । बिग बोस नेपालीहरुले पनि निकै रुचाउँने भारतीय रियालिटी शो हो जसलाई लामो समयदेखि सलमान खानले होस्ट गर्दे आईरहेका छन् ।

दीपिकाले धेरै सिरियलहरुमा काम गरेतापनि उनलाई दर्शकहरुले धेरै रुचाएको भने ‘ससुराल सिमर का’ बाट हो । उनलाई धेरै दर्शकहरुले सिमरको नामबाट नै चिन्छन् । यो शोमा छोडेरे नच बलिएमा गएकी दीपिका त्यसपछि बिग बोसमा आएकी थिईन् । उनले केही समय अगाडीमात्र मुसलमान प्रेमी सोहेव इब्राहिमसंग बिवाह गरेकी थिईन् । दीपिकाको यो दोस्रो बिवाह हो । उनले यसअघि रौनक सामसोङसंग सन् २०११ मा डिभोर्स गरेकी थिईन् ।

प्रतिक्रिया