२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

ओली सरकारको अर्को झूठ, चिनियाँ भनिएका बिजुली बस भारतका

954 Shares
Spread the love

काठमाडौं । सरकारले टेन्डर आब्हान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर उपसचिब दीपक सापकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’ अनुसार भए नभएको अध्ययन गर्दा ती बसका पार्टपूर्जा भारतमा बनेको पाइएको हो ।

थप अध्ययनका क्रममा आपूर्तिकर्ता कम्पनीले ती बस भारतमा उत्पादन भएको वीरगन्ज भन्सारमा उल्लेख गरेको पाइएको जानकारी मन्त्रालयका अधिकारीले दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र आपुर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सबीच भएको टेन्डर सम्झौतामा चीनमा बनेका गुणस्तरीय बस ल्याउनुपर्ने उल्लेख थियो ।

मन्त्रालयका ती अधिकारीका अनुसार प्राविधिक समितिले बसमा १७ वटा कैफियत (बदमासी) औंल्याएको छ ।

बस गुणस्तरहीन र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको प्रतिवेदन दिएको छ । (कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया