२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

झुण्डिएर मरूम भनेको फेरी ! रास्ट्रपतिले बधाई दिने होलिन भनेर मरिन

2479 Shares
Spread the love

नेपालको कमजोर प्रशासन अनि हालसालै इण्डोनेसियामा सयौ मान्छे मर्दा दिएको बधाइले संसारभर नेपालको बेजत भैराखेको कुरा सबैलाई अबगत नै होला !
यसियाका ठुला ठुला पत्रपत्रिका अनि अनलाइनहरुले नेपालको कमजोर प्रशासनलाई निक्कै तल्लो स्तर दिएर टिका टिप्पणी गरेका छन् ! अन्तरास्ट्रिय स्तरमै हाम्रो देशको बिल्ला भैराखेको छ

मान्छे मर्दा बधाई दिने त अति नै हो , त्यो पनि पररास्ट्र बाट प्रकाशित खबर ! तेतिका तलब खाएर बसेका कर्मचारी जति सबैलाई सरकारी स्कुलको एक क्लासमा फेरी भर्ना गरे हुने देखियो !

मुलुकको प्रमुख पदबाट यति हदसम्मको लापरवाही हुन्छ र राष्ट्रको बेइजति हुन्छ भन्ने कसैले कल्पना समेत गर्न सक्दैनन् । तर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परराष्ट्र मन्त्रालयले यस्तै गम्भीर गल्ती गरेको छ । जसले विश्वमै बेइजत भएको छ । मानिस मर्दा बधाई भन्ने शब्द प्रयोग भए के हुन्छ ? जारी गरिएको विज्ञप्तिमा यस्तै भएको छ । इन्डोनेसियामा सुनामीबाट सयौंको मृत्यु भयो । मृत्यु भएकोमा इन्डोनेसियाली समकक्षीलाई राष्ट्रपति भण्डारीको तर्फबाट बधाई भन्ने सन्देश प्रवाह भएको छ । यो सरकारी विज्ञप्ति कति हतार र लापरवाहीका साथ प्रकाशित गरिन्छ भन्ने उदाहरण हो, बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति । कर्मचारीको ‘कपी पेष्ट’ गर्ने बानीले कुन हदसम्म राष्ट्रको बेइज्जत हुन्छ भन्ने यो ज्वलन्त उदाहरण हो ।

“राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार इन्डोनेसियाको बान्टेन र लामपुङ क्षेत्रमा आएको सुनामीको कारण कयौंको ज्यान गएकोमा इन्डोनेसियाको राष्ट्रपतिलाई एक बधाई सन्देश पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालयले एकसाथ सयौं नेपाली र विदेशी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई इमेल मार्फत पठाइएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिको पहिलो अनुच्छेदमा इन्डोनेसियाको राष्ट्रपतिलाई इन्डोनेसियाका कयौं नागरिकको मृत्यु भएकोमा बधाई दिइएको भएपनि दोस्रो अनुच्छेदमा भने दुःख व्यक्त गरिएको छ ।

“सन्देशमा राष्ट्रपतिले कयौंको ज्यान गएकोमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जारी उद्धार कार्यमा सफलता मिलोस् भन्ने कामना पनि गरिएको छ । “हाम्रोमा जाँगर चलाउने बानी कम छ । पुरानै विज्ञप्तिमा मिति र नाम परिवर्तन गर्ने अभ्यास छ । त्यसैले यस्तो गल्ति भएको हो,” परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, “नियतवश यस्तो भएको होइन ।” इन्डोनेसियामा शनिबार आएको सुनामीका कारण बुधबारसम्म ४२० जनाभन्दा बढीको ज्यान गइसकेको छ । उद्धार कार्य जारी छ । यस्तो छ विज्ञप्ति

प्रतिक्रिया