२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘सिम्बा’ले तोड्यो सारुख र रजनीकान्तको रेर्कड ,यस्तो छ फस्ट डे कलेक्सन

894 Shares
Spread the love

बलिउडमा रोहित शेट्टीको फिल्म भनेपछि कमेडी , एक्सन त्यसमा पनि ठुला ठुला गाडीहरु उठाएको दर्शकहरुले झट्ट सम्झि हाल्छन् । प्राय अजय देवगनलाई लिएर फिल्म आउँदै आएका रोहितले पछिल्लो समय सारुख , बरुण धवन र रणवीर सिंहसंग पनि काम गरेका छन् । यतिबेला उनकै फिल्म सिम्बा हिजोबाट रिलिज भईरहेको छ । रणवीर सिंह र सारा अलि खानको मुख्य अभिनय रहेको यस फिल्ममा रणवीर भ्रष्ट प्रहरीको भुमिकामा देखिएका छन् ।

फिल्मलाई समिक्षकहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् भने दर्शकहरुले पनि फिल्मलाई रुचाएका छन् । शुक्रबारबाट रिलिज भएको यस फिल्मले फस्ट डेमा २०.७२ करोड कलेक्सन गर्न सफल भएको छ । यसरी हेर्दा यसले फस्ट डेमा सारुखको फिल्म जिरोको कलेक्सनलाई पनि पछि पारेको छ । जिरोले पहिलो दिन २०.१४ करोड कलेक्सन गरेको थियो ।

त्यतीमात्र होई सिम्बाले रजनीकान्त स्टारर फिल्म २.० हिन्दी भर्सनको २०.२५ करोडको रेर्कड पनि तोडेको छ । करण जौहर , हिरो जौहर , अपूर्व मेहता र रोहितले संयुक्तरुपमा मिलेर निर्माण गरेको सिम्बाको बजेट भने ८० करोड रहेको छ । यदि यही रफ्तारमा यो फिल्मले यही कलेक्सन गरे सय करोडदेखि १२० करोडसम्म कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ । सिम्बा यस बर्ष पहिलो दिनमा नै सबैभन्दा धेरै कलेक्सन गर्ने छैटौँ फिल्म बन्न पनि सफल भएको छ ।

प्रतिक्रिया