1320
Shares
भक्तपुरको सल्लाघारी स्थित चोङ्गा गणेश रेष्टुरेण्टबाट प्रहरीले एकथान पेस्तोल र गोलीसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मुगु घर भई हाल सुर्खेत बस्ने वर्ष २२ को भिम प्रसाद दाहाल, कालिकोट घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष २१ को वलदिप शाही, वर्ष १८ को जगेश शाही, वर्ष २५ को मोतिलाल शाही रहेका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा खोजतलास गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट made in Italy लेखेको पेस्तोल, एक थान म्याग्जिन र ५ राउण्ड गोली बरामद गरेको छ। यस्तै, नगद १२ हजार २ सय ५ रुपैयाँ तथा मोबाईल सेट २ थान पनि बरामद गरेको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।