२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

युकेमा ‘द भोइस अफ नेपाल’ को कन्सर्ट हुदै

1413 Shares
Spread the love

लन्डन । गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेले कोष संकलनका लागि द भोइस अफ नेपाल कन्सर्ट आयोजना गर्ने भएको छ ।  एनआरएन यूके उपाध्यक्ष तथा च्यारिटी विभागका संयोजक प्रेम गाहा मगरका अनुसार एनआरएन यूकेको कोष अभिबृद्धि गर्ने उद्धेश्यले कन्र्सट आयोजना गरिएको हो । कन्सर्ट आगामी फेब्रुअरी १८ मा तय भएको उपाध्यक्ष गाहा मगरले जानकारी गराउनुभयो ।

बेलायतमा सबैलाई केन्द्र पर्ने गरी आयोजना गर्न लागिएको यो कार्यक्रमलाई सफल बनाउन बेलायतस्थित सम्पुर्ण नेपालीहरु र विशेषगरि नर्थ इंग्ल्याण्ड क्षेत्रका सम्पूर्ण नेपालीहरुलाई आग्रह गरिएको छ ।

एनआरएन यूकेले भोइस अफ नेपाल कन्सर्टमार्फत एनआरएन यूकेको लागि कोष संकलन गर्ने उद्देश्यले आयोजना गरिएकाले सहभागि भई कार्यक्रम सफल बनाईदिन सबैमा अपिल गरेको हो । ‘हाम्रो अभियानमा सहयोग गरिदिनुहुन हामी बेलायतस्थित सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुसमक्ष हार्दिकता साथ आग्रह गर्दछौं’, उपाध्यक्ष गाहा मगरले न्यूज ट्वान्टी फो सँग कुराकानी गर्दै भन्नुभयो ।

कन्सर्ट अहिलेसम्मकै पहिलो पटक र ऐतिहासिक भएको बताउनुभयो । साथै कन्सर्टलाई भब्य र सब्य रुपमा सम्पन्न गर्ने गरि तयारीसमेत थालीसकेको उपाध्यक्ष प्रेम गाहा मगरले बताउनुभयो ।  कन्सर्टमा द भोइस अफ नेपालका ७ स्टारहरुको प्रत्यक्ष प्रस्तुति रहनेछ । जसमा होस्ट सुशिल नेपाल,कलाकारहरु बिवेक वाईवा लामा, सुरेका क्षेत्री, श्रीया राई,कुशल आचार्य, सिडी विजय, सप्तक दुराज र श्रीजय थपलियाको प्रत्यक्ष प्रस्तुति हुनेछ ।

एनआरएन यूकेको च्यारिटी विभागको आयोजनामा विगतमा एनआरएन यूकेले च्यारिटी डिनर विथ बक्सिङ शो र डिसाबिलटी एड इभिनिङ सहितका २ वटा इभेन्टहरु सफलतापूर्वक सम्पन्न गरेको थियो । पहिलो कार्यक्रम बेलायतस्थित नेपाली समुदायको पहिलो पुस्ता र युवाहरुबीचको दुरी कम गर्ने तथा दोस्रो कार्यक्रम फरक क्षमता भएकाहरुलाई पनि समाजमा सम्मानपुर्वक स्वीकार्नुपर्ने सन्देश दिने लक्ष्यसहित आयोजना गरिएको थियो ।

प्रतिक्रिया