२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गाईखुरा महादेवको दर्शन गर्नाले रोग ब्यादी मृत्यु तथा दुर्घटनाबाट बचिने

3206 Shares
Spread the love

दोलखा जिल्लाको मेलुंग गाउपालिका घ्यांङ सुकाठोकर २ स्थित श्री गाइखुरा मन्दिरमा दुइ जीवित सर्प देखिय पछि मन्दिर प्रतिको बिस्वास बढ्दै गैरहेको छ |

दोलखा जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल प्रसिद्ध तीन शक्ति भएका स्वयं उत्पन्न श्री गाईखुरा महदेव मन्दिरको शिलामा जलधाराबाट दिएको जल, गाईको दुधशिलामा आफैं सोसिन्छ | सदरमुकाम चरिकोटबाट ४ कोष पूर्वी दक्षिणी भेकमा पर्ने प्रसिद्ध मन्दिरमा शनिबार, सोमबार र विहीबारको दिन वेद चण्डी लाख बत्ती रुद्री गरी पुजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको गाईखुरा महादेव क्षेत्र व्यवस्थापन संस्थाका अध्यक्ष ऋषि प्रसाद दाहालले बताउनु भयो ।

गाईखुरा महादेवको दर्शन गर्नाले अकालमा मृत्यु नहुने, दैवी विपत्बाट जोगिने, दुर्घटना नहुने, भैहाले पनि केही नहुने, रोगव्याधि ठीक हुने, विद्या बढ्ने जस्ता धार्मिक विश्वास रहँदै आएको छ। अहिले त्यहाँ नाग देखा परेपछि उक्त मन्दिरलाई धार्मिक तीर्थस्थलका रूपमा विकास गर्न स्थानीयवासीहरू लागिपरेका छन् |मन्दिरमा अहिले दैनिक ब्राह्मणद्वारा रुद्री, पूजा-पाठ गरिँदै आएको छ। कुनै दिन पूजामा अशुद्धता भए वा पाठ नगरिएको अवस्थामा गाउँमा बाघ आएर कराउने घरमा गयर दुख दिने भएकाले हिजोआज हरेक दिन विधिसम्मत् ढंगले पूजापाठ हुन थालेको छ।

मेलुङ्ग गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुसँग इच्छाशक्ति र आत्मबल हुने हो भने २ वर्ष भित्रमा मेलुङ्ग गाउँपालिकाका सबै वडामा डलरको कारोबार गर्न सकिने अवस्था रहेको गाउँ पालिकाका उपाध्यक्ष कल्पना भण्डारीले बतायाकी छिन । किनकी यो गाउँपालिकामा पर्यटकको लागि साह्रै राम्रो भनेर पर्यटनविदहरुले नै आएर अध्ययन अनुगमन गरेर फर्केको ठाउँ हो ।

पवटीको मिर्गे, सुकाठोकरको काकालिङ्ग र मेलुङ्गडाँडामा रिसोर्ट खोल्न खोजिएको थियो तर सडकको व्यवस्थापनमा राजनीतिक दलका नेताहरुले ध्यान दिन नसकेर उक्त योजनाहरु शुरुआत हुन सकेका छैनन् । गाईखुरा महादेव मन्दिरको विकासका गुरुयोजना बनाई तत्काल सुधार गरी धार्मिक पर्यटक अझ धेरै भित्र्याउन सकिने विज्ञहरुको भनाइ छ ।

यो पनि पढ्नुहोस

उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज आएका थिए। तर उत्तर कोरियाली अधिकारीले किम तीमध्ये कुन जहाजमा यात्रा गरेका छन् भन्नेबारे जानकारी गराएका थिएनन्।
सिंगापुरको चाङगी विमानस्थलमा अवतरण गरेको पहिलो कार्गो जहाजले किम चढ्ने सुरक्षित लिमोजिन गाडी ल्याएको थियो। दोस्रो एयर चाइना ७४७ जहाज आइतबार बिहानै बेइजिङबाट छुटेको करिब एक घण्टा प्योङयाङमा रोकिएपछि बेइजिङ फर्कनुको साटो सिंगापुरतर्फ लागेको थियो।
त्यसैगरी, किमको निजी जहाजले पनि सँगसँगै उडान भरेको थियो। त्यसकारण अधिकारीहरूलाई किम कुन जहाजबाट आउँछन् भन्ने यकिन थिएन। यद्यपि, एयर चाइना ७४७ बाट आफ्नो टोलीसहित निस्केका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए।
उत्तर कोरियाली टोलीमा वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरू रहेका छन्। उत्तर कोरियाली टोली सेन्ट रेगिस होटलमा बसेको रोयटर्सले जनाएको छ। किमले सिंगापुरका प्रधानमन्त्री लि सियेन लुंगसँग भेटवार्ता गरेका थिए।
किमले सन् २०११ मा देशको शासनसत्ता सम्हालेयता तेस्रो देशमा पाइला टेकेका हुन्। यसअघि उनी दक्षिण कोरिया तथा चीनको भ्रमणमा निस्केका थिए। चीन उत्तर कोरियाको निकटस्थ राष्ट्र हो। किम गत अप्रिल महिनामा दुई कोरियाबीच भएको शिखर वार्ताका क्रममा दक्षिण कोरिया पुगेका थिए।
सिंगापुर शिखर वार्तासँगै दुई कोरियाको सीमा क्षेत्रमा नागरिकहरू दुर्लभ करिब ७० वर्षदेखि हुन नसकेको शान्ति सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरेका छन्। ट्रम्प र किमबीच हुने शिखर बैठकबारे भने सरकारी नियन्त्रणमा रहेका उत्तर कोरियाली सञ्चारमाध्यमले सूचना सम्प्रेषणमा नियन्त्रण गरिरहेको जनाइएको छ।
नागरिकसम्म के के जानकारी पुर्‍याउने भन्नेबारे नियन्त्रण कायम गर्ने उत्तर कोरियामा महत्त्वपूर्ण घटना भएपछि मात्रै त्यसबारे समाचार दिने अभ्यास छ। बैठकबारे उत्तर कोरियाली सञ्चारमाध्यमले प्रत्यक्ष उल्लेख गरेका छैनन्। गत मेमा शिखर बैठकमा सहभागी नहुने प्योङयाङले चेतावनी दिएपछि त्यसको चर्चा गरिएको थियो।
वार्ता क्यापिला होटलमा भए पनि दुई नेता बस्ने व्यवस्था भने अन्यत्रै छ । ट्रम्प सिंगापुरको मुख्य टापुस्थित सांग्रिला होटलमा बसेका छन् । उनी उक्त होटलमा यसअघि पनि बसिसकेका थिए । यस्तै किम भने सेन्ट रेगिस होटलमा बसेका छन्।
१ सय १२ कोठा भएको क्यापिला रिसोर्ट ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ब्रिटिस आर्किटेक्टले डिजाइन गरेको यो रिसोर्टमा ब्रिटिस शासनकालका कैयौं भवन छन् । यो रिसोर्टको प्रिमियर गार्डेन किङ नामक कोठाको शुल्क प्रतिरात ५३ हजार ६ सय नेपाली रुपैयाँ छ । यस्तै, प्राइभेट पुलका साथ तीन कोठा भएको कोलोनियल मनोरको एक रातको शुल्क ८ लाख नेपाली रुपैयाँ

प्रतिक्रिया