२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

जेलबाट रिहा भएपछि हेलिकप्टरबाट मेयरको रजनीकान्त स्टाईलमा एन्ट्री (भिडियो सहित)

745 Shares
Spread the love

रौतहट, १४ पुस । विगत ९ महिनादेखि जेल बसेर रिहा भएपछि मधेशका एक मेयर भारती साउथ फिल्मका मेगास्टार अभिनेता स्टाईलमा मा हेलिकप्टरबाट गाउँ प्रवेश गरेका छन् ।

प्रदेश नं. २ पर्साका काशिनाथ तिवारीको हत्याको आरोपमा जन्मकैदको सजाय सुनाइएका रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाइ सर्वोच्च अदालतले शुक्रवार सफाइ दिएपछि शनिबार जेलबाट रिहाभएलगत्तै हेलिकप्टर चार्टर गरी आफ्ना गाउँ अभिनेता रजनीकान्त शैलीमा प्रवेश गरेका हुन् ।

मेयर कुश्वाह लाइ उच्च अदालतको अस्थायी इजलास बिरगजको फैसला पछि सिआइविको टोलीले गएको बैशाखमा उनलाई पक्राउ गरेको थियो ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुश्वाहलाई गएको फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो । उनलाइ सर्वोच्च अदालतले निर्दोष ठहर गर्दे सफाइ दिएको हो । जिल्ला अदालत पर्साले पनि उनलाइ निर्दोष ठहर गरेको थियो ।

गत वि.सं. २०६७ साल असार १२ गते तिवारीलाई अज्ञात व्यक्तिको एक समूहलेगोली हानि हत्या गरेका थिए ।

गएको स्थानिय तहको निर्वाचनमा रौतहटको कटहरीया नगरपालिकाबाट कुश्वाहा नेकपा माओवादी केन्द्र पार्टीबाट मेयर पदमा विजयी भएका थिए । करीव ९ महिना काठमाण्डौ स्थित जेलमा बसेर सर्वोच्च अदालतले निर्दोष साबित गरेको भन्दै मेयर कुश्वाहाले आफुप्रति साहानुभुति राख्ने सम्पुर्ण जनता, जनप्रतिनीधि, राजनीतिक दलका नेताप्रति आभार प्रकट गरे । माओवादी नेता प्रभु साह पनि मेयर कुशवाहा सँगै आएका थिए ।

मेयर र प्रदेश नं. २ का नेकपा अध्यक्ष समेत रहेका पूर्व कानुन एवम् शहरी विकास मन्त्री साहसँगै आएपछि स्थानीय हजारौँ जनताले उनलाई स्वागतको लागि फूलमाला लिएर स्वागत गरेका थिए । स्वागतको क्रममा नेता प्रभु साह जिन्दावाद मेयर साहब जिन्दावाद को नारा गुञ्जिएको थियो ।

प्रतिक्रिया